राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता

प्रकासित मिति: ३१ भाद्र २०७३, शुक्रबार १३:३७

नयाँ दिल्ली, ३ भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement