– श्याम नेपाल
राष्ट्रिय गान एउटा शान हो, मान हो । राष्ट्रिय भावनाले ओत प्रोत भएको आत्मिक शक्ति पनि हो । कसैले पनि यसलाई उपेक्षा गर्नु हुँदैन, यसमा राष्ट्रप्रेमका कुराहरु पर्दछन ।
प्रथम विश्वयुद्ध वा द्धितीय विश्वयुद्ध होस् या शीत युद्ध होस्, सबैमा आ–आफ्नो देशको शान, मानको लागि राष्ट्रिय गानले नै अगुवा गरिएको हुन्छ । राष्ट्रिय गान साधाररणतया स्थायी हुनु पर्दछ, राष्ट्रिय झण्डा र राष्ट्रिय गान भनेको राष्ट्र कै प्राण हुन । नेपालीले पनि नालापानीको लडाइमा होस् नेपलीले नेपाली झण्डा र समय–समयमा गाइने राष्ट्रिय गानका मर्यादा अत्यन्त उच्चकोटीले राख्ने गरेको इतिहास साक्षी छ । नेपाली जनता जे जस्तो अवस्थामा रहे बसे ता पनि आफ्नो शान र प्रतिष्ठालाई राष्ट्रिय गानले प्रतिनिधित्व गरेको हुन्छ । भारतको राष्ट्रिय गानले भारतमा रहे भएका प्रान्त र प्रान्तिय जातिलाई वर्णनात्मक शैलीमा राष्ट्रिय गान गाइएको छ भने बंगलादेशमा जमीनको वर्णन गरिएको छ । नेपालमा पनि राष्ट्रिय गान समय समयमा फेरबदल हुने गरेका छन्। हालको रष्ट्रिय गान सबै देशवासीलाई एक ढिक्का हुने सन्देश दिन्छ साथै नेपाल देश र देशबासीहरु बीरहरु हुन् भन्ने सन्देश दिन्छ । मैले विगत ६ दशकमा जानेर वा नजानेर तीन वटा राष्ट्रिय गान भनेर गाउन पुगेको याद छ । म बालक हुँदा गाउँछ गित नेपाली ज्योतीको पंखा उचाली भन्ने राष्ट्रिय गान हो भनेकाले हामीले डाडा काडा अथवा भोजपुर जिल्लाको कुनै गाउँमा गाउदथ्यौँ र भक्तिभावना राष्ट्रप्रति आउँदथ्यो । त्यस पछि राजाको प्रशस्ति हुने प्रकारको राष्ट्रिय गान पनि उसै गरी अनुशासित भएर गायौँ । अबका दिनमा गणतन्त्रको स्थापना काल पछि पुरै देश र देशवासीको प्रशंसा र वीर गाथा गाएको राष्ट्रिय गान भएकोले झन श्रद्धा र भक्ति हुने भयो । यस अर्थमा राष्ट्रिय गानको उच्च मर्यादा हुनु पर्दछ भन्ने मेरो ठम्याइ छ ।
तर हामीलाई ध्यान हुनु पर्दछ त्यो के भने राष्ट्रिय गान गाउँदा समय, अवस्था, कार्यक्रम अन्य कुराको पनि ख्याल राखिनु पर्दछ । राष्ट्रिय समारोह, दैनिक कार्यको थालनीमा वा कार्यक्रमको बिसर्जन इत्यादी कार्यक्रमको गरिमा हेरेर मात्र राष्ट्रिय गान गउनु नै राष्ट्रिय गानको यथेष्ठ मर्यादा हुन आउँछ । विवाह, ब्रतबन्ध, छेवार, मन्दिरमा प्रार्थना इत्यादि कुरामा राष्ट्रिय गान गाउनुु हुँदैन यो तर्कको कुनै विषय नै रहेन ।
दुर्भाग्यले यतिबेला राष्ट्रिय गान जस्तो साझा सम्पत्तिलाई विवादमा ल्याउने प्रयास भएको देखियो त्यो के भने पशुपतिको सन्ध्याकालीन गंगा आरतीमा राष्ट्रिय गान गाउनु पर्ने ? यसलाई कसै कसैले गाउनु पर्ने या नपर्ने भन्ने जस्ता विवादास्पद वहस आएको देखिन्छ । यस विषयमा विवादमा ल्याउनु कति पनि तर्क देखिँदैन ।
क्रिश्चियनहरुले चर्चमा, मुसलमानहरुले मश्जिदमा, बौद्धहरुले गुम्बामा, जैनीले जैन मन्दिरमा यसै गरी अन्य धर्मावलम्बीहरुले आ–आफ्नो प्रार्थना सभामा अन्य देशहरुमा वा नेपालमा पनि यसरी प्रणाली बसालेको देखिँदैन । अब आएर एकाएक पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान गाउने प्रणालीबाट राष्ट्रिय भावना जगाउने भन्ने कुराले सामान्य भक्तले आध्यात्मिक चिन्तन गर्नु पर्ने ठाउँमा मातृभूमिको चिन्तन गराउँदा नराम्रो नभए पनि राम्रो पक्कै होइन । भगवनाको स्तुती पाठ गर्दा राष्ट्रिय गानको प्रचलन राष्ट्रिय गानलाई नै विवादमा ल्याउनु हो, हामी राष्ट्रिय गानलाई विवाद रहित बनाउँछौ भनी दृढता व्यक्त गर्दछौँ । तर विवाह, ब्रतबन्ध, मन्दिरको प्रार्थनामा अरु कुनै नितान्त धार्मिक कार्यक्रममा राष्ट्रिय गान गाउनु भनेको राष्ट्रिय गानको अवमुल्यन गर्नु हो भन्ने कुरा प्रष्ट छ । नेपाली मात्र नभएर भारत, बंगलादेश, बर्मा र अन्य देशका हिन्दुहरु पनि पशुपति नाथको दर्शन र गंगा आरतीमा उपस्थित हुँदा राष्ट्रिय गानको मर्यादामा प्रशासनिक झमेलामा पर्दा तिर्थालुहरुलाई अति झंझटिलो हुनजान्छ । अब उप्रान्त पशुपति आर्यघाटमा लाश जलाउँदा पनि राष्ट्रिय गान गाएर मात्र लाश जलाउनु भन्दा यो के समय सुहाउदो उर्दि हुन्छ ? यसै गरी राष्ट्रिय गानको मान मर्दन हुन नदिन कटिबद्ध हुनु पर्दछ ।
राष्ट्रिय भावनामा कसैले सम्झौता गर्न सक्दैन । कालापानीमा राष्ट्रियता चाहिएको छ कंचनपुरमा राष्ट्रियता, लिपिुयाधुरामा, सुस्तामा चाहिँ राष्ट्रिय भावना बढाउने प्रशस्त ठाउँहरु छन् । तराईका कुनै कुनै जिल्लाहरुमा, नेपाली भाषाको बिकल्पमा खोजी भइ रहेको ठाउँमा चाहिँ अझ राष्ट्रियता चाहिएको छ । देशको सिमावर्ती इलाकामा बढ्दै गरेको अपराधमा रोकथाम गर्न राष्ट्रियता चाहिएको तथ्य छ । सुगौली संन्धी पछि गुमेको नेपाली जमीनको बारेमा सोचाइ हुनु पर्ने हो राष्ट्रियताका सवालमा । सुगौली सन्धीको ४५ वर्ष पछि सन् १८६० को नक्सा अनुसारको सीमा अतिक्रमण भएको छ भने दक्षिणी सिमानामा राष्ट्रिता चाहिएको छ ।
सारांशमा यथास्थानं तत् तद्भावः भने जस्तै ठाउँ अनुसारको भाव प्रकट गर्नु पर्ने भएकोले पक्कै पनि चर्चमा, मश्जिदमा राष्ट्रिय गान गउन कर लगाइदैन भने पशुपतिको रमाइलो धार्मिक मेलामा प्रशासकनिक झंझट पारेर जथाभावी राष्ट्रिय गानको परिपाटीले धार्मिक जागरणलाई खलल पु¥याउन खोजेको तथ्य श्रद्धालु भक्त जनमा अत्यन्त चर्चाको विषय बनेको छ । धार्मीक श्रद्धालुहरुले राष्ट्रिय गान प्रति नकारात्मक धारणा गरेको हैन बरु प्रयोग कर्ताले जबर्जस्ती टाइम न कुटाइम बाजा बजाउन लगाई बाजाकै उपहास हुने हुँदा प्रयोगकर्ताले राष्ट्रिय गान कस्तो कस्तो अवस्थामा गाइनु पर्ने भन्ने कुरामा प्रष्ट हुन जरुरी छ ।
अन्त्यमा पशुपतिमा गंगा आरतीमा जाने भक्तहरुले राष्ट्रिय गानमा चिन्तन गरे जस्तो राष्ट्रिय गानको अवमूल्यन हुन नदिन र पशुपति गंगा आरतीको मर्यादामा आँच नपु¥याउन उत्तिकै मात्रामा हामीबाट पनि प्रयास हुनुपर्दछ भन्ने मेरो सोचाइ छ ।