राष्ट्रिय सहमतिबाट मात्रै संविधान सम्सोधन ः परिवार दल

प्रकासित मिति: १४ पुष २०७३, बिहीबार ११:२२

काठमाडौं । पौष १४ नेपाल परिवार दलले राष्ट्रिय सहमतिबाट मात्रै संविधान सम्सोधन गर्न सकिने बताएको छ । दलको केन्द्रीय कार्यसमिति दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले संविधान संसोधनको प्रस्ताब फिर्ता गरी सहमतिको ढोका खोल्न सरकारसँग आग्रह गरेको छ । संविधान सशोधनको विपक्षमा भएका दलहरुको विरोध पौष २२ गते प्रर्दशनी मार्गमा हुने कार्यक्रमा ब्यापक सहभागिता जनाउनको लागि उपत्यकामा उपलब्ध भएका केन्द्रीय सदस्य तथा सम्पूर्ण भातृ संगठनलाई परिचाल गर्ने निर्णय गरेको छ ।
बैठकले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरीत अदृश्य शक्तिको बलमा ल्याइएको आरोप लगाउँदै फिर्ता लिनुपर्नेमा जोड दिदै तत्काल चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति पनि सरकारको आलोचना गरेको छ । बैठकले समान बिचार भएका संसद भित्र तथा बाहिर रहेका दलहरुसँग, आवश्यकता र औचित्यको आधारमा पनि पार्टी एकिकरणलाई तिब्रता दिन महामन्त्री बिनोद डाँगीको अध्ययक्षतामा बार्ता समिति गठन गरेको छ ।
बैठकले संशोधन प्रस्ताव फिर्ता गरी सर्वदलिय छलफल र संवाद मार्फत राष्ट्रिय सहमति कायम गर्ने र निर्वाचनको मिति घोषण गरिनुपर्ने, संविधानको प्रभावकारी कार्यनोयनमा जोड दिदै त्यसको लागि राष्ट्रिय सरकार निर्माण गनुपर्नेमा जोड दिएको छ ।
बैठकपछि बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्ना नेता तथा कार्यकर्तालाई तीनवटै तहको निर्बाचनको तयारीमा जुट्न निर्देशन दिए । ढकालले १३ महीना भित्र निर्बाचन गर्नुको बिकल्प नभएको भन्दै आगामी निर्बाचन मार्फत परिवार दल बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा देखा पर्ने बताए । ढकालले परिवार दल तराई मधेसमा बसोबास गर्ने नेपाली नागरिकहरुको भाबना र सरोकार प्रति पूर्ण रुपमा जानकार र संबेदनशील रहेको भन्दै मधेसको मुद्दालाइ सत्ता प्राप्ति र राजनैतिक उद्धेश्य परिपूर्ति गर्ने भर्यांङ्ग नबनाउन मधेश केंद्रित दलहरूलाई आग्रह गरे । उनले परिवार दल मधेसका उत्पीड़ित, पिछड़ा बर्ग र किसानहरुको हकÞ र अधिकारको लागि हदैसम्म लड़ने बताउँदै सिमित पूँजीपति बर्ग र जमीनदारको हितको लागि खोलिएका राजनैतिक दलहरुले बहुमत मधेसका जनताको हितमा विगतमा पनि कुनै काम नगरिएको र भबिष्कयमा पनि केहि नगर्ने ठोकुवा गरे ।
अध्यक्ष ढकालले राजनैतिक सहमतिको बिकल्प नरहेको स्पस्ट पार्दै सहमतिको पहलकदमी प्रधानमन्त्रीले लिनु पर्नेमा प्रधानमंत्रीनै प्रतिपक्ष दलहरूलाई गालीगौलोंजमा उत्रिनु अस्वाभाविक भएको बताए । निर्बाचन नहुदा देशमा अस्थिरता र सम्बैधानिक संकट आउने भन्दै अध्यक्ष ढकालले आबस्यक परे राष्ट्रीय सहमतिको सरकार निर्माण गरेर अगाडि बढनुपर्नेमा जोड दिए । बैठकमा दलका महामंत्री बिनोद डाँगी, प्रबक्ता संतोष पौडेल, कोषाध्यक्ष सांसद मिलन कुमारी राजबंशी केन्द्रीय सदस्यहरु गोबिन्द मिश्र, अब्दुल कैयूम शाह पÞmकÞीर,देबि निरौला, गोमा दाहाल, संतोष दास, जानुका घिमिरे, प्रकाश बाबु थापा, रामचन्द्र चौधरी, समिक्षा शर्मा, नथुनी प्रशाद चौधरी, निला श्रेष्ठ ,अशोक कुमार चौधरी, रुपसिह भण्डारी लगायतले पाटी एकिकरणमा जोड दिएका थिए ।
‘जनताको आदेश ः संमृद्ध प्रदेश’, ‘सम्पूर्ण समस्याको हल ः घरघरमा परिवार दल’, ‘आर्थिक क्रान्तिको दशक सफल पारौँ’, ‘आर्थिक–नैतिक–वैचारिक आन्दोलन सफल पारौँ’ नारा लिएर दल जनतासमक्ष जाने निर्णय पनि गरको छ ।

Bhansar Bivag
Argakhachi Cement