नयाँ विश्व ब्यबस्था हाक्न सक्ने युवा नेतृत्व आजको आबस्यकता : पूर्वमन्त्री ढकाल
काठमाडौं । राष्ट्र निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको राजधानीमा आयोजित एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । राष्ट्र निर्माणमा युवा नेतृत्व भूमिका बिषयमा शान्तिका लागि युवा बिधार्थी संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री एकनाथ ढकालले नयाँ विश्व ब्यबस्था हाक्न सक्ने युवा नेतृत्व आजको आबस्यकता रहेको बताएका छन् । पूर्वमन्त्री ढकालले फराकिलो दृस्टीकोण, सार्बजनिक चिन्तन, उच्च मूल्यमान्यता र देशभक्तिको भावनाले ओतप्रोत नेतृत्वले मात्र समाज र राष्ट्रमा सकारात्मक रुपान्तरण गर्न सक्छ भन्दै युबाहरुलाई सफलता हाँसिल गर्न सहि मार्ग अबलम्बन गर्न पनि सुझाब दिए ।
सोही अवसरमा गायिका इन्दीरा जोशीले अहिलेका युवा रमाईलोमा भूल्ने गरेको प्रशंग झिक्दै आआफनो क्षेत्रमा रहेर जे सुकै सकारात्मक काम गरे पनि त्यसले समाजलाई टेवा पुरयाउने बताईन् । बोलेर मात्र देश नबन्ने भन्दै अव केही गर्न सबै युवाहरुलाई आवहान समेत गरिन् ।
सोही अवसरमा युवा अबस्थामै समाजको लागि केहि गर्न खोज्ने युवाहरुलाई युथ एम्बासडर फर पिसद्वारा सम्मान गरिएको थियो । पूर्वमन्त्री ढकालले उनीहरुलाई सम्मान प्रदान गरेका थिए । यसरीसम्मानित हुनेमा नेपाल आईडल सिजन २ मा तेसा्रे भएका गायक सुमित पाठक, कबि सुबाश सिंह पराजुली, गायिका प्राशना पाण्डे तथा रीतिका अधिकारी छन् ।
युवा बिद्धार्थी शान्ति संघ नेपालका अध्यक्ष प्रकाश बाबु थापाले राष्ट्रलाई बिपत परेको बेला आफ्नो संस्था जहिले पनि सक्रिय भएर समाजको निम्त काम गरेको स्मरण गदै युवाले मात्रै अव यो देश बिकास गर्न सक्ने बताए । कार्यक्रममा पूर्व सांसद मिलन राजबंशी बरिष्ट गायक आनन्द कार्की ,गायक युबराज चौलागाईं गायक राज सागर लगायतले बोलेका थिए ।