न्युयोर्क, नेपालीहरूको बाक्लो बस्ति मानिएको न्युयोर्कको ज्याक्सन हाईटमा गरिएको आखाँ शिविरमा आएका बच्चाहरूको जाचँ गर्दा लगभग २०% बच्चाको आखाँ मा समस्या पाईएको हो । हामीले आखाँ को महत्व बुझेता पनि जन्मदेखि नै बच्चाहरूमा Amblyopia(lazy eye) हुनसक्ने र यसले बच्चाको vision मा असर गर्न सक्ने भएकाले प्रारम्भिक निदान र उपचारले बच्चाको दृष्टिमा लामो अवधिको समस्याहरू रोक्न मद्दत गर्दछ, साथै बच्चाहरूको junk food मोह तथा उनीहरूले प्रयोग गर्ने अहिलेका नयाँ प्रविधिको समय कन्ट्रोल गर्न नसक्दा आंखाको Vision मा कमि आएको हुन सक्ने प्राविधिक टोलीकी Lion Lavern Harrison र Lion Jerusha Jacob ले बताउनु भयो ।
लायन्स क्लब आफ क्विन्स बुद्ध र International Martial Arts को संयुक्त आयोजना मा भएको Lions Kidsight USA प्रोग्राम अन्तर्गत लायन्स क्लब International बाट आएका दक्ष्य र उच्च प्रबिधि का आँखा विशेषज्ञ हरु को टीम ले गरेको आँखा स्क्रीनिंग सिविर सेवा बाट ३१ जना बाल बालिका हरु लाभान्वित भएर सगै यो तथ्य बाहिरएको हो ।September २२, २०१९ को दिन भएको उक्त कार्यक्रम मा बाल बालिकाहरू आ – आफ्ना अभिभावकहरुको निगरानी मा उत्सुकता पुर्बक सहभागी भएका थिए । ३१ जना को आँखा परिक्षण भए मध्ये २४ जना को आँखा मा कुनै समस्या नभएको र ७ जना को आँखा भने १०० प्रतिशत ठिक नभएको रिपोट आएको छ । आँखा को जांच मा पास नभएका बच्चाहरु लाई विशेषज्ञ टीम ले आँखा को यथासक्य चाडो उपचार को लागि निर्देशन पनि दिएको कुरा लायन्स अध्यक्ष श्री अर्जुन गौडेल ले बताउनु भएको छ। भव्य सफलता का साथ सम्पन्न भएको उक्त कार्यक्रम IMAA का अध्यक्ष Sensei पर्खि राई एवं लायन्स क्लब क्विन्स बुद्ध का संस्थापक अध्यक्ष श्री कृष्ण आचार्य, निबर्तमान अध्यक्ष श्री बेगम पण्डित, पूर्व उपाध्यक्ष लायन प्रभात सापकोटा,दीपक राज घिमिरे, बर्तमान उपाध्यक्ष रीमाया नेपाली, पूर्व सचिब श्री एकराज रिमाल, वर्तमान सचिब श्री चन्द्र नेपाली, संस्थापक सदस्य श्री अर्जुन कुमार कार्की, कुईन्स नेपप्लिज लायन्स क्लव का अध्यक्ष लायन पुरूषोत्तम पन्थी, Lions D20 K1 का प्रतिनिधि लायन मंगलदास क्षेष्ठ, लागायत अन्य संघ संस्था का प्रतिनिधि हरु को पनि उपस्थिति रहेको थियो।
२०१६ साल मा स्थापना भयेको लायन्स क्लब बुद्ध ले आफ्नो स्थापना काल देखि नै विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ आगामी दिनमा पनि न्युयोर्कमा रहेका सघ सस्थांहरू सगं मिलेर Lions Clubs of International को र District D20 k1 को सहयोग लिई सामाजिक सेवामा जुटिरहने योजना बनाएको र क्लवको कार्यक्रममा न्युयोर्कमा रहेका सघं सस्था को सहयोग सद्भाव रहने सचिव चन्द्र नेपालीले बताउनु भयो।