काठमाडौँ मङसिर २८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले लोकतन्त्रको आधार स्तम्भ धार्मिक क्षेत्र रहेको बताएका छन् । मङलबार चितवनको रत्ननगर पालिका १२ मा रहेको लौराभोले मन्दिरको सिलान्यसमा यस्तो कुरा बताएका हुन्् । नेपाल बहुसांस्कृतिक मुलुक हो र हाम्रा नागरिकले मान्ने हरेक धर्म संस्कृति हाम्रा सम्पति हुन् भन्दै यसको संरक्षणमा जोड दिए ।
अध्यक्ष ढकालले सामाजिक सद्भाव कार्यम राख्नको लागि धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले धार्मिक क्षेत्र मठ मन्दिरको बिकासमा सबै लाग्नु पर्नेमा जोड दिए । ढकालले संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको बताउँदै मुलुकमा देखिएका समस्या आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान हुनेमा विश्वस्त गरे ।
सोहि कार्यक्रममा सांसद साबित्री चौधरीले मन्दीर निर्माण गर्न सांसद कोषबाट २ लाख दिने घोषणा गरिन भने पूर्व सभासद एकनाथ रानाभाट लगायतले मन्दीरले धार्मिक सहिष्णुता बढाउन् मद्धत पुग्ने बताए ।
यसैबीच अध्यक्ष ढकालले श्रीराममन्दीर तथा बैदिक संस्कृति गुरुकुलले १२ कक्षा सम्म संञ्चालनको लागि आर्थिक सहयोग जुटाउन आयोजना गरेको श्रीमत् भाग्वत धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सहेत सहभागि भए । उनले १२ कक्षा सम्म संञ्चालन गर्नको लागि संसद कोषबाट २लाख रुपैयाँ दिने धोषणा गरे ।
यो सँगै अध्यक्ष ढकालले परिवार दलले संञ्चालन गरेको महाअभियान अन्तर्गन कालीका नगरपालीका छ मा आयोजना गरेको पार्टी प्रबेस कार्यक्रमा बिभिन्न दल परित्याग गरेका दर्जनौ लाई परिवार दलको पाटी सदस्यता प्रदान गदै पार्टी प्रबेस गराए ।