वडा अध्यक्षले मासिक भत्ताबाट पाउने रकमले बिद्यालयलाई कम्प्युटर

प्रकासित मिति: ३० चैत्र २०७४, शुक्रबार १६:१२

काठमाडौ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले बास्तबिक जनप्रतिनिधिले गनुपर्ने काम गरेका छन् । उनले आफुले पाउने मासिक रुपमा आफुले पाउने भत्ता बाट सोहि वडामा रहेको सुनकेशरी मा वी रानिवनलाई एक थान कम्प्युटर र बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरेर नमुना काम गरेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधीहरुले सेवा सुबिधा, गाडि पाईन भने रडाको मचाईरेको बेला बडा अध्यक्ष उब्जन बुढाथोकीले नमुना काम गदै जनप्रतिनिधी भनेको जनताको सेवक बन्नुपर्ने देखाएका छन् ।

ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका २५ वर्षीय वडा अध्यक्ष बुढाथोकी ओखलढुङ्गाका कान्छा वडा अध्यक्ष मध्येमा पर्दछन। कार्यक्रममा वडा अध्यक्ष बुढाथोकीले आफ्नो लक्ष्य भनेको स्वास्थ शिक्षा खानेपानी बाटो बत्ती रहेको वताउदै आफुले चुनाव अगाडि बोलेको र घोषणा पत्र मा समावेश गरियको सबै कामहरू आफ्नो कार्यकालमा पूरा गर्न र आफ्नो वडालाई चम्पादेविको मात्रै नभई ओखलढुङ्गाको समृद नमुनावडा बनाउने प्रतिबद्धता जनाउँदै यसका साथ दिन सबैलाई आग्रह गरे ।

अध्यक्ष बुढाथोकीले आफु सदैव रानिवन र समग्र चम्पादेविको सिर उच्च राख्ने काममा लागि पर्ने वताएका थिए । उनले वडाका विद्यालयमा
आई टि सी कक्षा ,पूर्वाधार विकास र जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रम पनि सम्पन्न गरेका छन। जिल्लाकै मनकारी समाजसेबी युवाको रुपमा परिचय बनाउन सफल बुढाथोकी अध्यक्ष हुनुभन्दा अगाडि पनि समाजसेवामा सक्रिय थिए । प्रस्तुति ः सुजन पौडेल

Bhansar Bivag
Argakhachi Cement