काठमाडौंँ, ५ फागुन । तीन पचासभन्दा बढी सहभागी कला प्रदर्शनी अहिले नेपाल कला परिषद्मा चलिरहेको छ ।
अल्फ्रेस्को मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको सो प्रदर्शनीमा वरिष्ठ र स्थापितदेखि नर्सरीमा अध्ययन गर्ने गेहेन्द्रमान अमात्य, जीवरत्न शाक्य, हरेराम जोजु, शङ्करराजसिंह सुवाल, सुरेन्द्र प्रधान, सुषमा राजभण्डारी, राजकृष्ण महर्जन, कुन्ती थापा मगर, विक्रम प्रजापति, शङ्करसन श्रेष्ठ, शिव शर्मा, किशोर नकर्मी, विपना महर्जन, खिललाल जोशी, सपना पौडेललगायत कलाकारका कलाकृति राखिएको छ ।
प्रदर्शनी सोमबारदेखि सुरु भएको हो । प्रदर्शनीका संयोजक श्यामकृष्ण श्रेष्ठले नेपाली कला क्षेत्रका सबैलाई अवसर प्रदान गर्ने र नयाँ कलाकारलाई अगाडि बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको जानकारी दिनुभयो । सातौंँ अल्फ्रेस्को आर्ट एक्जिबिसन कम कम्पिटिसनमा राखिएका कलामा नेपाली परिवेश र मौलिक विषयको प्रधानता छ ।
प्रदर्शनीमा थाङ्का÷पौभा, समसामयिक र बाल कला राखिएको छ । सबै पुस्ताका कलाकारलाई समेटेर गरिएको प्रदर्शनीले कलामा देखापरेका विविध प्रवृत्ति र शैलीलाई एकै पटकमा बुझ्न सकिने सहभागी कलाकार राजकुमार रानामगर बताउनुहुन्छ । अर्का कलाकार राजकृष्ण मर्हजनले यस्ता प्रदर्शनीले कलाकारलाई अवसरसँगै कलाका विविध आयामका विषयमा संवाद गर्ने, बुझ्ने र चिन्न सघाउ पु¥याउने बताउनुभयो । उहाँले थप्नुभयो, “जेनेरेसन ग्यापलाई यस प्रदर्शनी पुर्ने काम गरेको छ ।”
क्याम्पस तथा विद्यालयस्तरका विद्यार्थीबीच प्रतिस्पर्धा समेत गरिएको सो प्रदर्शनीमा माध्यमिक तहमा अक्षरासिंह लिंकन स्कुल, निमावि तहमा खुसी सर्राफ मोर्डन इन्डियन स्कुल, प्रावि तहमा आर्या लामा रेडन उमावि र कलेजस्तरका प्रतियोगितामा लिजा गैरेले बनाएको चित्र पहिलो भएका छन् ।
क्याम्पसस्तरको प्रतियोगितामा सञ्जय श्रेष्ठ दोस्रो, दीपेश सिंजाली मगर तेस्रो तथा झन्कार सापकोटा, रुद्रप्रताप अधिकारी र श्रीतिका सिंहले सान्त्वना पुरस्कार पाएका छन् । त्यस्तै मावि तहतर्फ श्रीजा शाक्य दोस्रो, सुप्रिया राई तेस्रो तथा रवीन शाक्य, रुपेश महर्जन र केशव मल्लले सान्त्वना स्थान हासिल गरेका छन् ।
निमावितर्फ शुभम रन्जित दोस्रो, सोनी लामा तेस्रो तथा सचिन श्रेष्ठ, दिवस अधिकारी र सपना दासले सान्त्वना स्थान जिते । त्यस्तै प्राथमिक तहतर्फ निशान लामा दोस्रो, आर्यन सर्राफ तेस्रो तथा रेनुका मगर, रन्जित बानियाँ र समिर राईले सान्त्वना पुरस्कार पाए ।
प्रदर्शनीमा प्रतियोगितामा सामेल बाहेक एसओएस बालग्रामका बालबालिकाले बनाएका चित्र पनि छन् । प्रदर्शनी एक साता चल्ने बताइएको छ ।