काठमाडौं । त्रिवि सभामा आफ्नो प्रतिनिधित्व गुम्ने डरले प्रमुख तीन विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन ९ स्ववियु० को निर्वाचन नचाहेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । स्ववियुको आधिकारिकतामाथि सर्वोच्च अदालतले प्रश्न उठाएपछि स्ववियु नभएको अवस्थामा अहिले प्रमुख तीन विद्यार्थी संघ÷संगठनका अध्यक्षहरू नै त्रिभुवन विश्वविद्यालयको सभासद् भएर जान थालेका छन् । त्रिविमा २०३६ सालबाट स्ववियु निर्वाचन हुन थालेको हो ।
दुई वर्षअघि स्ववियुको वैधतामाथि प्रश्न उठेपछि आफूखुसी नेपाल विद्यार्थी संंघ ९नेविसंघ०, अनेरास्ववियु ९अखिल० र अखिल क्रान्तिकारीका अध्यक्ष त्रिवि सभामा जाने गरेका छन् । नेकपा मालेनिकट अनेरास्ववियु पाँचौंका अध्यक्ष घनश्याम मिश्रले अवैध रूपमा विद्यार्थी संगठनका अध्यक्षहरूले त्रिविमा प्रतिनिधित्व गरेको आरोप लगाए । स्ववियु परिषद्को निर्णयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस र नेपाल ल क्याम्पसका सभापति सभासद् भएर जाने गरेका छन् । ‘आफ्नो वर्चश्व हराउने डरले प्रमुख विद्यार्थी संगठनका अध्यक्षहरू नै स्ववियुको निर्वाचन चाहँदैनन्’ मिश्रले भने
‘हामीले निर्वाचनमा जे परिणाम आउँछ त्यसलाई स्वीकार्ने भनेका छौं, अरू कसैलाई हारिन्छ भन्ने डर पनि होला र अनेक बहानाबाजी गर्छन् ।’ मिश्रले फागुन १४ लाई स्ववियु निर्वाचनको दिन घोषणा गर्नुपर्ने र त्योभन्दा पछाडि जानै नहुने बताए । राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु ९छैटौं० का अध्यक्ष अनिलकिशोर घिमिरेले स्ववियु निर्वाचन गरिहाल्नुपर्छ भनेर आफूहरूले सबैभन्दा चर्को आवाज उठाएको दाबी गरे । २०७२ सालको वैशाख ८ गते सर्वोच्च अदालतले तीन महिनाभित्र निर्वाचन गरिसक्नका लागि त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो । ‘सबैभन्दा बढी हामीलाई नै निर्वाचन चाहिएको छ, स्ववियु नहुँदा अराजकता र अस्थिरता बढेको छ, विद्यार्थी आन्दोलन ओझेलमा परेको छ’ घिमिरेले भने ‘प्रमुख संगठन भनाउनेको आपसी विवादले नै निर्वाचन हुन सकेको छैन ।’ उनले तीन वटा विद्यार्थी संगठनका अध्यक्षलाई मात्र त्रिवि सभामा सभासद् बनाउनु गलत भएको टिप्पणी गरे । त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्राडा। तीर्थ खनियाँले फाल्गुण १४ गते स्ववियु निर्वाचन भएरै छाड्ने दाबी गरे । ‘पहिलेको भन्दा आजभोलि वातावरण सहज बनेको छ त्यसैले पनि निर्वाचन हुँदैन भनेर शंका गर्नु पर्दैन’ खनियाँले भने, ‘स्ववियु नभएपछि हामीले नै ती विद्यार्थी संगठनका अध्यक्षलाई बोलाएका हौं ।’ प्रस्तावित मितिमा निर्वाचन गर्नका लागि त्रिविले रेक्टर डा। सुधा त्रिपाठीको संयोजकत्वमा समिति पनि गठन गरेको छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७१ सालको जेष्ठ १८ मा त्रिविले स्ववियु निर्वाचन गर्ने घोषणा गरेको भए पनि विद्यार्थी भर्ना विवादले अन्तिम समयमा स्थगित भएको थियो । त्रिविले तालिका प्रकाशन गरेसँगै अन्य विश्वविद्यालयले पनि स्ववियु निर्वाचन गराउने गर्दै आएका छन् । त्रिविसहित नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, सुदूरपश्चिम, मध्यपश्चिम, काठमाडौं, कृषि, वन, लुम्बिनी विश्वविद्यालय रहेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलोपटक गत मंगलबार निर्वाचन भएको छ जहाँ नेविसंघका झक्कबहादुर शाहीले सभापति जितेका छन् । अनेरास्ववियुकी अध्यक्ष नबिना लामाले त्रिविले घोषणा गरेकै दिन स्ववियु निर्वाचन गर्न आफ्नो संगठन तयार भएको बताइन् । अन्य संगठनको पनि सहमति आवश्यक भएकाले सबैसँग छलफल गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन् ‘हार र जितलाई अनेरास्वयिुले मतलब गरेको छैन, तर समयमा निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो’ लामाले भनिन् ‘कुनै कारण देखाएर निर्वाचन नगर्ने हो भने आगामी दिनमा थप समस्या आउँछ ।’ लामाले आफूले त्रिविसभामा अरू संगठनलाई पनि प्रतिनिधित्व गराउनुपर्छ भन्दै आएको उनको भनाइ छ । अनेरास्ववियुकै महासचिव ऐन महरले मिश्रित प्रणालीमा निर्वाचनमा जान सबै संगठन सहमत भएको बताए । उनले २८ वर्षको उमेर हद लागू गर्नुपर्नेमा जोड दिए ।
गंगा बराल