वातावरण दिवसको अवसर पारेर बु.न.पा १० मा सरसफाई

प्रकासित मिति: २२ जेष्ठ २०७४, सोमबार १५:४०

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं.१० को संयोजनमा विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको छ ।बालुवाखानि, मनकामना मन्दीर, ज्योतीनगर ,राममन्दीर देखि अष्टभुजा मन्दीर हुँदै रुद्रमती चोक देखि निलोपुल पञ्चकुमारी, कटारी वस्ती हुँदै पुरानो निलो माईक्रोपार्क तरकारी बजार, मिलनचोक, सिद्धेश्वर डाँडा साततले देखि मिलनचोक, बाल उद्धार हुँदै ह्याण्डबल ग्राउण्ड सम्म गरि पाँचवटा समुह बनाएर सरसफाई तथा जनचेतना सम्बन्धी अभियान संञ्चालन गरेको बडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

सरसफाई अभियानको समापन बुढानिलकष्ठ नगरपालिकाका उपमेयर रमा राईले आफनो ठाउँ सफ ागर्न आफै जुटनुपर्ने बताईन । सरसफाइमा बिभिन्न बिद्यालयहरुका बिद्यार्थी ,सामाजिक संघसंस्था, महिला समुह, नागरिक समाज, नेपाल प्रहरी, नेपाल स्काउट, नागरिक प्रतिनिधिहरु, आदिको सहभागिता रहेको थियो । विहान ७ वजेदेखि शुरु भएको सरसफाई कार्यक्रम ह्याण्डबल ग्राउण्ड (आकासेधारा)मा आएर समापन गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement