विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

प्रकासित मिति: १२ पुष २०७३, मंगलवार ०३:१३

काठमाडौँ,  मुख्यसचिव डा सोमलाल सुवेदीले देशमा विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित ‘सेवा प्रवाहमा सार्वजनिक सदाचार प्रवद्र्धनसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ भन्नुभयो ।

मुख्य सचिव डा सुवेदीले शिक्षाको क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल प्राप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले देशमा सुशासन कायम गर्न कानुनी शासन, सार्वजनिक खबरदारी र प्रशासकीय उत्तरदायित्वको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा गत वर्षको तुलनामा यसवर्ष सेवाग्राही सार्वजनिक मामिलामा सचेत र सजग भएको पाइएको छ ।

Bhansar Bivag
Argakhachi Cement