प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बिहिबार बिहान १० बजे रास्कोटमा फेरि दुई वटा वम विस्पोट गरेका छन् ।
मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएका हुन् । तिन सय मिटरको दुरिमा वम विस्फोट गरेको प्रहरिले जनाएको छ ।