काठमाडौँ, २८ नेपाल परिवार दलले आज बङ्गलादेशबाट नेपाल आउन लागेको युएस बङ्गला विमान दुर्घटना भएकामा दुःख व्यक्त गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै आज अपराह्न भएको उक्त विमान दुर्घटनाको दुःख व्यक्त गर्दै घाइतेको यथाशीघ्र निःशुल्क उपचार गराउन माग गरेको छ ।
परिवार दलले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन आग्रह गरेका छन् । दलले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध सरकारले गर्ने पनि आग्रह गरेको छ । दलले घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ढकालले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।