विश्वमा शान्ति सन्देश प्रबाह गर्न ‘पिस रोड’

प्रकासित मिति: ५ जेष्ठ २०७५, शनिबार ०६:३३

जेष्ठ ५ काठमाडौं । शान्ति स्थापनाको पवित्र कार्यमा टेवा पु¥याउने उद्देश्यले ‘पिस रोड’ (शान्ति राजमार्ग) नामक कार्यक्रम शनिबार गरिएको छ । युनिर्भसल पीस फेडेरेसन नेपाल र नार्गाजुन नगरपालिकासँग सहकार्य शनिबार आयोजित पीस रोड नामक कार्यक्रमको उद्धाटन नार्गाजुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले गरेका थिए । जनउद्धार मा.बि सितापाईलादेखि इचंगुनारायण मन्दिर परिसर सम्म गरिएको युनिर्भसल पीस फेडेरेसन नेपालका महासचिव बिनोद डाँगीले जानकारी दिए । समारोहमा पूर्व सांसद, नार्गाजुन नगरपालिकाका उपप्रमुख शुशिला अधिकारी सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायत विभिन्न समुदायका गरी सयौको सहभागिता रहेको थियो । समारोहमा बोल्दै नार्गाजुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले यस्ता किसिममको कार्यक्रमले बिश्वमा शान्ति स्थापनामा टेवा पुग्ने बताउँदै शान्ति भूमि नेपाललाई विश्वमा चिनाउनु पर्नेमा जोड दिए ।
पूर्वसांसद सांसद मिलन राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल पौडेल, युपीएफ नेपालमा माहासचिव बिनोद डाँगीले कार्यक्रमको सान्दभिकताबारे प्रकाश पारेका थिए ।
विश्वमा जताततै अशान्ति बढ्दै गएको छ । हरेक मान्छेले खुशी र शान्ति खोजिरहेका छन् । मान्छेले आफ्नो अस्तित्व नै नबुझ्नाले धेरै दुःख पाइरहेका छन् । यही अशान्ति र दुःखबाट शान्तितिरको यात्रास्वरुप पिस रोड कार्यक्रमको सुरुआत भएको हो । विश्वव्यापी अभियानकै रूपमा हाल यो कार्यक्रम विश्वभरि नै मनाउने गरिन्छ । यसको उद्देश्य विश्वमा भएका सम्पूर्ण धार्मिक, जातीय विभेदहरुको अन्त्य गरी शान्ति स्थापना गर्नु हो । विभाजित भएर रहेको मानव जातिलाई एक बनाउनु हो ।
विश्वप्रसिद्ध शान्तिवादी आध्यत्मिक नेता डा. सन् म्योङ मुनले विश्वमा शान्ति स्थापनाका बाटाहरु देखाउने क्रममा नै यो अभियानको शुरुवात गरेका थिए । नेपालमा पनि यूनिभर्सल पिस फेडेरेसन नेपालले विगत १३ वर्षदेखि हरेक वर्ष पीस रोड कार्यक्रम गर्दै आएको छ ।

Bhansar Bivag
Argakhachi Cement