विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

प्रकासित मिति: १८ फाल्गुन २०८०, शुक्रबार १९:००

विश्व बैंकले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ।

विश्व बैंकको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो। उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

‘विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,’ बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने।

Bhansar Bivag
Argakhachi Cement