विश्व बौद्ध धर्म संघ द्वारा स्वंम्भुमा विश्व भरका मानव जीव तथा चराचरहरुको हित तथा शान्तिको कामना सहित विश्व शान्ति पूजा सम्पन्न गरियो ।
उक्त पूजाको नेतृत्व आनी भिम सुवा गुरुङ्गले गर्नु भएको थियो भने गुरु फूर्वा छेवाङ्ग लामाले पूजा गर्नु भएको थियो । उक्त पूजामा बुद्ध धर्मका अनुयायीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
पूजाको उद्धेश्य संसारभर व्याप्त युद्ध, गरिबी, भोकमरी, कलहको नाश गर्न तथा सकारात्मक तरङ्ग उत्पन्न भई विश्वभर शान्ति फैलाउने उद्धेश्य रहेको संघका अध्यक्ष आनी भिम सुवा गुरुङ्गले जानकारी गराउनु भयो । आँउदो २ वर्षमा अर्थात सन् २०२० सम्ममा ३५ भन्दा बढी मुलूकमा गई विश्व शान्ति पूजा गर्ने र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा संसारभर जानकारी गराउदै बुद्धभुमिमा भ्रमणको लागि निमन्त्रणा दिइने पनि जानकारी गराउनु भयो ।