जेठ २० काठमाडौं । युनिर्भसल पीस फेडेरेसन नेपालले शङखरापुर नगरपालिकाका मेयर तथा उप—मेयर सम्मानित गरेको छ ।
शनिवार पीस एम्बेसी भवन नक्सालमा भएको कार्यक्रमा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले शङखरापुर नगरपालिका मेयर सुर्वण श्रेष्ठ तथा उप—मेयर शुक्रलक्ष्मी श्रेष्ठलाई सम्मान गरेको हो । पूर्वमन्त्री ढकालले मेयर सुर्वण श्रेष्ठलाई युनिर्भसल पीस फेडेरेसन नेपालले प्रदान गदै आएको शान्ति दूत अर्वाडले सम्मान प्रदान गरेका थिए ।
सम्मान पछि बोल्दै ढकालले जन प्रतिनिधीहरुले बोलीबाट मात्र काम गर्ने हैन आफनो आचरण र ब्यबहारबाट समेत काम गरेर देखाउनुपर्ने बताउँदै राष्ट्र र जनतालाई पहिलो प्राथमिकतामा राखेर जनताको काम गर्न आग्रह गरे ।
शङखरापुरका मेयर सुवर्ण श्रेष्ठले जनताको अपेक्षा अनुसार नै आफुहरुले काम गर्ने बताउदै त्यसको लागि सबैको सहयोगको अपेक्षा गरे ।
उप—मेयर शुक्र लक्ष्मी श्रेष्ठले विश्व शान्तिको लागि पहिले परिवारबाटै शुरु हुने बताउँदै युपीएफले संञ्चालन गरेको पारिवारीक कार्यक्रमबाट आफू प्रभाबित भएको बताईन् ।
कार्यक्रममा युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तब्य महासचिव बिनोद डाँगीले गरेका थिए ।