– लक्ष्मीप्रसाद भण्डारी
पृष्ठभूमि ः
शान्ति भन्नाले व्यक्ति, परिवार, समाज, राज्य र विश्वमा पवित्र चरित्रको प्रतिबिम्ब, तनावबाट मुक्तिको अवस्था, आन्नदमय जीवन, वातावरण, आत्मसम्मान, अरुको सम्मान, खुल्लापनको दृष्टिकोण राख्ने, न्यायको लागि प्रतिबद्ध रहने, आलोचनात्मक र समालोचनात्मक सोचाइ, सहयोग, सहचार्य, आफूलाई पर्दा र अरुलाई पर्दा उस्तै विचार राख्न सक्ने, मानवताको दृष्टिले समान रुपले हेर्ने व्यवहार गर्ने अवस्था नै शान्ति हो ।
शान्ति नियम–कानूनले दिएको प्रदत्त अधिकारको रक्षा हुनु नै शान्तिको अवस्था हो । शान्ति सधैँ सक्रिय हुनुपर्छ । पूर्ण शान्ति प्राप्त गर्न त्रिकोणात्मक सम्बन्ध हुन आवश्यक मानिन्छ ।
१.आन्तरिक शान्ति
२.प्राकृतिसँगको शान्ति
३.सामाजिकशान्ति
द्वन्द्व किन हुन्छ ?
द्वन्द्व भनेको एक गतिशील समाजलाई रुपान्तरण गर्ने माध्यम हो । द्वन्द्वलाई अवसरको रुपमा लिई समयमा उचित निकास नदिँदा यसले हिंसा, युद्ध, सशस्त्र संघर्ष निम्त्याई व्यक्ति, परिवार, समाज र राज्यलाई नै विध्वंस पार्दछ । द्वन्द्व हुनुका कारणमध्ये सा“स्कृतिक, आस्थाको विवाद, भौगोलिक सीमा, निश्चित वर्ग, जातजाति, भाषाभाषी, धनी–गरीब, ठूला र साना भन्ने भेद, घृणा, तिरस्कार, समाजमा सामाजिक न्यायको कमी आदि मूल कारण हुन् । राज्य तानाशाही भई आफूले स्वतः पाउनुपर्ने अधिकार महसुस नहुनु नै द्वन्द्वका कारण हुन् ।
कुनै पनि व्यवस्था आफैमा खराब हुँदैन कार्यान्यवन पक्ष नै जिम्मेवार हुन्छ । सपार्ने र बिगार्ने जाने–बुझेकाहरूले नै हो । ‘तँ’ र ‘म’ भन्नु नै अशान्तिको बीउँ हो । बन्दुकधारीभन्दा कुविचारधारी बढी घातक हुन्छ । सही ठाउ“मा पुग्न नीति र नियत नै सबभन्दा पहिले ठीक हुनुपर्छ । जबजब मानवता खतरामा पुग्छ तबतब शान्ति हराउँछ । दिगो शान्तिको लागि विधिको शासन र राजनीतिक स्थिरता हुनु आवश्यक छ । आज राष्ट्रिय एकता ‘ए π कता ?’ मा परिणत भएको छ । पौराणिक ईतिहासको कुरालाई लिने हो भने शान्तिको लागि जिम्मेवार पक्षहरु सीमा नाघेको व्यक्तिगत स्वार्थभन्दा माथि उठी लोभीपापी नभई राष्ट्र र जनताको लागि शान्ति दिलाउन भगवान् रामको जस्तो मर्यादा, कृष्णको जस्तो न्याय, गुरु नानकको जस्तो त्याग, मोहम्मदको जस्तो भाइचारा, क्राईष्टको जस्तो दया र करुणा, बुद्धको जस्तो शान्ति र समानताको व्यवहार अपनाउन सके शान्ति स्थापना गर्न सहज हुन सक्दछ ।
शान्तिको श्रोत व्यक्ति, परिवार, समाज र राज्य नै हो । समाजमा जहा“ निस्वास्र्थ प्रेम, सद्भाव, एकता र सामाजिक न्याय हुन्छ त्यहा“ सत्य र प्रेम हुन्छ । जहा“ प्रेम हुन्छ, त्यहा“ करुणा र दया हुन्छ । जहा“ करुणा र दया हुन्छ त्यहा“ शान्ति स्वतः हुन्छ । प्रेमको कोखबाट मात्र शान्ति, अहिंसा र सेवाको जन्म हुन्छ । आजभोलि पढे–लेखेका, देश–विदेश घुमेका, बुझेका, सक्षम व्यक्ति धेरै छन् तर देश र जनताको लागि चिन्तन गर्ने, सत्य बोल्ने र सत्यको पक्षमा लेख्ने थोरै छन् । आन्तरिक द्वन्द्व नै सबैभन्दा बढी घातक हुन्छन् । जितेको असत्यभन्दा हारेको सत्य नै उचित हुन्छ भन्ने विश्वासको खडेरी परेको छ । ‘मै खाउ“m मै लाऊ“….’ भन्ने भावनाले जितेको छ । मानिस शान्ति र आनन्दप्राप्तिको लागि घर बदल्छ, सम्बन्ध बदल्छ, लुगा बदल्छ, धर्म बदल्छ, जात बदल्छ, देश बदल्छ तैपनि खुसी र शान्ति पाउँदैन । किनकि उसले आफ्नो स्वभावलाई बदल्न बिर्सन्छ ।
द्वन्द्व निराकरण र शान्ति ः
उग्र भई रगत बगाउने समय यो होइन, अग्र भई पसिना बगाउने बाटोमा लाग्नु र लगाउनु आजको आवश्यकता हो । यसबाट मात्र शान्ति प्राप्त गर्न सकिन्छ । नकारात्मक सोचाइलाई सकारात्मकतर्फ बदली निराशालाई आशामा, आलस्यलाई जा“गरमा, अशिक्षालाई अन्न र आनन्द दिने श्रोत शिक्षामा, गरीबलाई सम्पन्नतामा, विवादलाई सहमति, सहकार्य, मेलमिलापमा, घृणालाई प्रेममा, भष्टाचारलाई सुशासनमा, जिम्मेवार व्यक्ति र पक्षले नैतिकता, इमान्दारिता, पारर्दशिता र जवाफदेहीताका साथ लैजान सके फुटाउने र शासन गर्ने नभई जुटाउने र सेवा गर्ने राजनीति संस्कार र शैलीमा लैजान सके शान्तिको आशा गर्न सकिन्छ ।
नकारात्मक द्वन्द्व, युद्ध र मारकाटबाट कहिल्यै पनि शान्ति प्राप्त हुन सक्दैन । ईतिहास साक्षी छ प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्धपछि पनि शान्ति स्थापना नभई विभिन्न देशहरुमा भएका झै–झगडा, युद्ध, मारकाट घट्नुको साटो झन् बढेर गएका छन् । हाम्रो आफ्नै देशको अवस्थामा फर्केर हेर्दा पनि प्रष्ट हुन्छ– शान्ति स्थापनाका लागि असत्यको बाटो हिँडेर सत्य गन्तव्य प्राप्त गर्न सकिँदैन । सत्य प्राप्त गर्न वार्ता, सल्लाह, सहमति, सहकार्य र सामाजिक न्याय नै मूलपक्ष हुन जान्छ । कर्तव्यबिनाको अधिकारबाट पनि सम्भव हँुदैन । सिद्धान्तबिनाको बाटोबाट पनि निश्चित गन्तव्य ठह¥याउन सकिँदैन । सही गन्तव्यमा पुग्न बाटो पनि सही लिनु पर्दछ । एकता र शान्तिको प्रतीक पूर्णताको परिवार भएकोले विभिन्न प्रकृतिका परिवारहरुबाट शुरु गर्नु पर्दछ । समाजलाई मकैको ढोडलाई उखु भनेर खुवाउने संस्कृति वास्तविक उखु पाएपछि नांगिन्छ । रातमा देखिने हजारौँ ताराको उज्यालो एउटै सूर्य उदाएपछि हराउ“छ । सही उद्देश्य पूरा गर्न भनाइ र गराइको तालमेल मिल्नु पर्दछ । हरेक कार्य भूतप्रवाहित नभई भविष्यप्रवाही हुनुपर्छ र अरुलाई परिवर्तन गर्नुअघि आफैबाट शुरुवात गर्नु पर्दछ ।
मानव विकासको सुरुआती अवस्थामा जति खुसी, आनन्दित र शान्ति थियो त्यो क्रम बढ्नुको साटो घटेको पाईन्छ । त्यसको कारण हो हृदय खोल्ने शिक्षाको अभाव । विश्वमा गरीब र अशिक्षित परिवारमा भन्दा शिक्षित र धनी परिवारहरुमा बढी अशान्ति भएको तथ्य पाइन्छ । अविश्वास, अनमेल, कर्तव्यबिनाको स्वतन्त्रता, आफ्नो क्षमताभन्दा बढी ईच्छा, आकांक्षा, देखासिकी, छाडापनको विकास, पारिवारिक विखण्डन आदि । सच्चा शिक्षक, सच्चा अभिभावक र सच्चा राज्यपक्षको अभाव हुनु नै यसको मूलकारण हो ।
अन्य कारणहरुमा आत्मिक–भौतिक पक्षहरुबीच सन्तुलन कायम नहुनु । अटल पारिवारिक मान्यताहरु धरापमा पर्दै जानु, बृहत्तर हित तथा अरुको खातिर बा“च्ने संस्कारको अभाव हुनु, सुशासनको कमी हुनु, मौलिक मूल्य–मान्यताहरुको अभाव नै मूलकारक पक्ष हुन् । कुनै पनि नकारात्मक द्वन्द्व, विद्रोह, हिंसारहित वातावरण, सामाजिक न्याय, लैंगिक भेदभावरहित सामाजिक वातावरण तयार गरी द्वन्द्वको पीडालाई पालेर प्रतिशोधको भावना बढ्न नदिनु नै शान्तिको मार्गतर्फ उन्मुख गराउने उपाय हुन् ।
– लेखक नेपाल परिवार दलका केन्द्रीय सदस्य हुन् ।