भक्तपुर, निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ ।
आज भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न गराउन माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियू, नेविसंघ, अखिल ९क्रान्तिकारी०, अखिल ९छैटौँ० र नेक्राविसंघले संयुक्त ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियूका कावा अध्यक्ष महेश बर्तौलाले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान भक्तपुर नगरपालिकाबाट शुरु भएको बताउनुभयो ।
केही दिनभित्रै सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएर शुल्क वृद्धि फिर्ता गर्न दबाब दिने बताउँदै उहाँले शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन शुरु गर्ने बताउनुभयो ।
नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाही, अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङ, अखिल ९छैटौँ० का अध्यक्ष विमल पोखरेल र नेक्राविसंघका अध्यक्ष नीरज लबजुसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सरोकारवालासमेतको सहमतिमा सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गरी निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धि फिर्ता गराउन विद्यार्थी संगठनले माग गरेका छन् । विद्यालयको अनुगमन गरी मापदण्ड नपुगी सञ्चालन गरिएका विद्यालयलाई कारबाही गर्न माग गरेको अनेरास्ववियूका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।
विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी भइरहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले बताउनुभयो ।
आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन सरकारसमक्ष अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटाँै र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले माग गरेका छन् ।