शैक्षिक असमानताको विषयबस्तुमा निर्माण भएको तामाङ चलचित्र ‘सेम ताबा म्ही’ को विशेष प्रिमियर शो

प्रकासित मिति: १९ जेष्ठ २०७४, शुक्रबार १५:१९

काठमाडौं । शैक्षिक असमानताको विषयबस्तुमा निर्माण भएको तामाङ चलचित्र ‘सेम ताबा म्ही’ को विशेष प्रिमियर शो गरिएको छ । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भब्य समारोहका बीच चलचित्रको विषेश प्रिमियर शो एवं सम्मान कार्यक्रम सम्पन्न गरीएको हो । राज कुमार मोक्तानको कथा तथा निर्देशनमा निर्माण भएको चलचित्रले तमाङ समुदाय भित्र विद्यमान छोरा र छोरी बीचको लैंगिक एवं शैक्षिक असमानताको विषयबस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईले भाषिक चलचित्र निर्माण, प्रदर्शन र लगानी उठाउनु चुनौतिपूर्ण रहेको बताए । यस्ता चलचित्रले विभिन्न समुदायको भाषा, संस्कृतिको सवद्र्धन र प्रवद्र्धन गर्नेमा उनले जोड दिए । आदीवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत बहादुर सुनुवारले भाषिक चलचित्रको बजार सीमित रहेकाले यसकालागि राज्यले विशेष सहयोग गर्नुपर्ने बताए । आईफाका महासचिव संजोग लाफा मगरले तामाङ भाषामा संवाद बोल्दैमा, पोशाक लगाउँदैमा तामाङ चलचित्र नबन्ने भन्दै तामाङ चलचित्रले तमाङ जातिको संस्कार, मिथक, आस्था र रहनसहनलाई समेट्नुपर्ने बताए । कार्यक्रममा तामाङ चलचित्र सघंका अध्यक्ष जेनीश दोङले तामाङ चलचित्रको संख्या बढेपनि बजार नबढेको बताए । चलचित्रका निर्देशक राजकुमार मोक्तानले आफुले पहिले विभिन्न पुस्तक प्रकाशित, विभिन्न गीतका एल्वमहरु निर्देशन गरेको भएपनि चलचित्रभने पहिलो पटक निर्देशन गरेको बताए ।पहिलो प्रयास भएकाले दर्शक र समिक्षकको सुझावका आधारमा आगामी दिनम सुधार गर्दै लग्ने बताउँदै सवैको माया र सदभाव पाए छिट्टै नेपली चलचित्र समेत निर्देशन गर्ने उद्घोष गरे । यस चलचित्रले तामाङ समुदायमा व्याप्त लैंगिक र शैक्षिक असमानतालाई उजागर गरेको निर्देशक मोक्तानले जानकारी दिए । कार्यक्रममा विशिष्ट व्यक्तित्व, चलचित्रका कलाकार एवं विभिन्न पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । चलचित्रका मुख्य भूमिकामा ऋतुराज पाख्रीन, सुष्मा थिङ्ग, सहनायक नायिकामा दीपशिखा लामा, सौरब लामा, गंगा मोक्तान,यमर सिङ्ग ब्लोन अरु कलाकारहरुमा राजु नेगी, प्रतिक ङ्गेसुर तामाङ, अनिता तामाङ, उर्मिला दोङ्ग, नानु ग्लान आदि रहेका छन् अतिथि कलाकारमा चर्चित नयाक तथा निर्देशक अमिर दोङ्ग र रेलिमाई की नायिका पुर्णिमा लामा रहेका छन् । प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रा.लि.को ब्यानरमा निर्मित सेम ताबा म्ही निर्माता सिद्धार्थ मोक्तान रहेका छन् । छायांकन र सम्पादनर इफेक्ट बिक्रम लामा (मोक्तान), द्वन्दमा राजु तामाङ दोङ्ग, नृत्यमा दिपक तामाङ रहेका छन् भने यसको गीतहरुमा अमृत लामा, सशिकला मोक्तान, प्रयास दोङ्ग, इन्दिरा गोले, निर्मला घिसिङ्ग,बबिता पाख्रिनले स्वर दिएका छन् । संगीत राजकुमार मोक्तानकै रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement