संघीय संसदले काम थाल्दै, यस्तो छ कार्यसूची

प्रकासित मिति: २१ फाल्गुन २०७४, सोमबार ०२:३७

काठमाण्डौ । निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसद्ले औपचारिकता पाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले आइतबार ज्येष्ठ सदस्यबाट शपथ लिएका छन् । यससँगै सोमबारट संसदले औपचारिक रुपमा काम थाल्दैछ ।

प्रतिनिधिसभाका लागि गत मंसिर १० र २१ गते दुई चरणमा चुनाव भए पनि परिणाम घोषणाका लागि कानूनी अड्चनका कारण संघीय संसदले औपचारिक काम सुरु गर्न झन्डै तीन महिना लागेको हो ।

सोमबार ४ बजेबाट औपचारिक रुपमा सुरु हुने संसदको पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ ।

संसद सचिवालयका अनुसार दुवै सदनको पहिलो बैठकको कार्यसूची करिब तय भएको छ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्ना सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ । त्यसपछि संसदको बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

दुई दशकपछि द्विसदनात्मक सदन

दुई दशकपछि द्विसदनात्मक सदन शीर्षकमा आजदेखि संसदको पहिलो अधिवेशन शुुरु हुन लागेको हो । ‘जनआन्दोलन र राजनीतिक परिवर्तनपछि निर्वाचित संस्था संविधानसभा एक सदनात्मक थियो र संविधानसभाले नै संसदको पनि कामकारवाही गर्दै आएको थियो । फेरिएको राजनीतिक पृष्ठभूमिका संघीय संरचनामा प्रदेशसभा पनि कार्यान्वयन आएर अधिवेशन सुरु भइसकेको छ । संघीय संसदको पहिलो अधिवेशन भने औपचारिक रुपमा सोमबार सुरु हुँदैछ ।’

, ‘२०४७ को संविधानले द्विसदनात्मक संसदको व्यवस्था गरेको थियो । तर, २०५८ मा प्रतिनिधिसभा विघटनका लागि सिफारिस भएपछि उक्त अभ्यासमा ब्रेक लागेको थियो ।’

Bhansar Bivag
Argakhachi Cement