संविधानको कार्यान्वयनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ – सरोकारवाला

प्रकासित मिति: २५ बैशाख २०७३, शनिबार १०:५९

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय पत्रकारिता दिवस जिल्ला समारोह समिति, कास्कीद्वारा यहाँ आयोजित एक अन्तक्र्रियामा संविधानको सफल कार्यान्वयनका लागि सञ्चार क्षेत्रको अहम भूमिका रहेको धारणा व्यक्त गरियो ।

नेपालको संविधान कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका विषयक सो अन्तक्र्रियामा वक्ताले संविधानले निर्दिष्ट गरेका विषयको प्रचारप्रसार गर्दै थप्नुपर्ने विषय भएमा त्यसलाई समेत सञ्चार क्षेत्रले उजागर गर्न सक्नेमा जोड दिए ।

अन्तक्र्रियामा कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसलाई कार्यान्वयनका तहमा लैजान सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले नेपालमा नयाँ संविधान जारी गर्ने अवस्थामा ल्याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र यसको कार्यान्वयनका लागि पनि उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो ।

महासङ्घ कास्कीका पूर्व सभापति पुण्य पौडेलले संविधानले व्यवस्था गरेका प्रावधानलाई जनसमक्ष पु¥याउन र त्यसको सही कार्यान्वयनका लागि सञ्चार क्षेत्रको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले नेपालमा पहिलो पटक पत्रकारिता दिवस मनाउन थालिनु सबै सञ्चारकर्मीका लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा हेमराज बराल, वासुदेव पौडेल, शान्ति गुरुङ, दुर्गा भण्डारीले नेपालका विभिन्न परिवर्तनमा जस्तै संविधानको कार्यान्वयनमा पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement