संविधान कार्यान्योनमा ढिलासुस्ती गर्ने प्रति निगरानी गरिनु पर्छ ः अध्यक्ष ढकाल

प्रकासित मिति: १७ भाद्र २०७३, शुक्रबार १२:२४

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संबिधान कार्योनोयन राष्ट्रिय साझा दायित्व रहेको बताउँदै संविधान कार्यान्योनमा ढिला सुस्त ीगर्ने प्रति निगरानी बढाउनु पर्ने बताउनु भएको छ । नेपाल परिवार दलको महिला बिभाग द्वारा तिजको उपलक्षमा शुक्रबार आयोजित सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
14232501_877479002353300_3078603410309102929_nपूर्वमन्त्रि समेत रहेका ढकालले नयाँ संबिधान नेपाली जनताको ठुलो त्याग र बलिदानीको फल भएकोले जनताको अमुल्य सम्पति रहेको उल्लेख गदै जनताको अधिकार लेख्नु जति महत्वपुर्ण छ तेतिनै लेखेको कुरा लागु गर्नु पर्नेमा जोड दिए त्यसको लागि परिवार दल लागिरहेको पनि बताए ।
अध्यक्ष ढकालले तिज पर्वको सांस्कृतिक, धार्मिक तथा ऐतिहाँसिक महत्वको प्रसंसा गर्दै पर्बहरुलाई बिकृतिहरुबाट टाडा राख्नु पर्नेमा जोड दिए । दलकी महिला बिभाग प्रमुख केन्द्रीय सदस्य एवम सांसद मिलन कुमारी राजबंशीले ठूला राजनीतिक दलहरु संविधान कार्यान्वयन भन्दा सत्ता केन्द्रीत बनेको बताईन् ।
तीज कार्यक्रममा दलका नेता तथा कार्यक्रता तथा सुभेच्छुकहरुको सहभागिता रहेको थियो । उनीहरुले नाच गान गरेर तिज मनाएका थिए ।

Bhansar Bivag
Argakhachi Cement