संसदीय मैत्री समूह गठन गर्न सभामुख महरालाई अध्यक्ष ढकालको आग्रह

प्रकासित मिति: १३ जेष्ठ २०७५, आईतवार १३:५१

१३ जेठ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले विभिन्न मित्र राष्ट्र हरु बिचको कुटनैतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन संसदीय मैत्री समूह गठन गर्न संधिय संसदका सभामुख कृष्ण बहादुर महरालाई सुझाब दिनु भएको छ । ढकालले संसदीय मैत्री समुहले संसदलाई थप प्रभावकारी बनाउन सहयोग हुनुका साथै मित्र राष्ट्रहरु बीच नेपालको चिनारी फराकिलो बनाउने बताउनु भयो । सभामुख निवास बालुवाटारमा भएको भेटमा सभामुख महराले संसदीय मैत्री समूह गठन गर्न आफु सकारात्मक रहेको बताउनु भएको अध्यक्ष ढकालले जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement