सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

प्रकासित मिति: २९ असार २०८०, शुक्रबार १६:१२

सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक शुक्रबार प्रमाणित गरेका छन्। संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुख घिमिरेले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हु्न्।

Bhansar Bivag
Argakhachi Cement