समाज सेवाको प्रतिफल जेल सजाय

प्रकासित मिति: १३ बैशाख २०७५, बिहीबार १५:४७

दिपेन्द्र पौडेल, पोखरा
प्राकृतिक र सांस्कृतिक हिसाबले अग्रणी, सुन्दरताले भरिपूर्ण, मुलुकभरि नै चर्चामा आउँछ पोखरा जहाँ आन्तरिक तथा व्याह्य पर्यटक रमणीय गन्तव्य खोज्दै रमाउँछन् । त्यही क्षेत्रमा छन् एक जना हजम राजेन्द्र ठाकुर । जो निरन्तर बलिरहेको लालटिनको मधुरो उज्यालोमा अहिले पनि ३० रुपैयामा कपाल र २० रुपैयामा दाह्री काट्छन आफ्नो सैलुनमा दाह्ी कपाल काटेकाहरुकै संस्था नाई संघले राखेको रेट भन्दा दुई तिहाई कम दाम लिएर दाह्ी कपाल काटेको पनि धेरै समय भएछ । यो लामो समयको विचमा धेरै राजनितिक उथलपुथल भए तर ठाकुरले लालटिन निभ्न दिएनन् बरु तेल थप्दै गए । पोखराको गैहपाटनमा बहुदल हेयर कटिङ्गका सञ्चालक ६० बर्षे राजेन्द्र भन्छन् शान्ति र न्यायको लागि लालटिन वालिरहन्छु ।
नाम राजेन्द्र ठाकुर भए पनि २०४६ सालको परिवर्तन पछि उनले आफ्नो न्वारन गरेर बहुदल ठाकुर राखे र अहिले उनी पोख्ररेलीको बिचमा बहुदल ठाकुरको नामले परिचित छन् । पोखराको गैह्पाटन स्थित सैलुनमा भेटिएका ठाकुर ३० रुपैयाकैँ दरले कपाल काट्दै थिए र भन्छन् कसैलाई देखाउनका लागि होईन यो मेरो सोख हो, तीस रुपैयाँ लिँदा मलाई घाटा छैन ।उनलाई सैलुनमा प्रशस्त पैसा हुने देखि हुदैँ नहुने पनि आउँछन् । गरिबकालागि सित्तैमा पनि कपाल काटिदिने गरेका रहेछन् । कोही मान्छे आएर पैसा छैन भन्यो भने म सित्तैमा काटिदिन्छु, ठाकुर भन्छन् ।
२०२७ साल देखि कपाल काट्न सुरु गरेका थिए उनले । जन्म मधेशमा भए पनि उनका वाउवाजे पोखरामै थिए । १२ वर्षको उमेरमा पोखरा झरेका ठाकुरलाई आफ्नै काकाका छोराले कपाल काट्न सिकाए । काकाको छोराले कपाल काटेको हेरेर सिके । पोखरामा भर्खर कुष्टरोग अस्पतालमा काम गर्थे । साथिहरुको संगतले उनलाई पनि रोगबारे थोरै जानकारी थियो उनकोमा कपाल काट्न आउनेहरुमा कुष्टरोगको लक्षण देखियो भने अस्पताल जान सुझाव दिन्थे । उनी भन्छन् पैसा छैन भन्नेहरुलाई पैसा दिएर पनि पठाएको छु । त्यही बिचमा नेपाल प्रहरीमा काम गरे । १८ वर्ष नेपाल प्रहरीमा कपाल काट्ने जागिर खाए । एक जनाको कपाल काटेवापत पाँच रुपैया पाउँथे ।
२०२९ सालमा पोखरामा सैलुन खोले बहुदलले, सैलुनमा ड्राईभरले दुःख दिएपछि २०३६ सालमा उनकै पहलमा नाई संघ बन्यो । खासमा नाई संघ कामदारको सुरक्षाका लागि स्थापना गरेका थिए ठाकुरले, तर पछि साहुहरुले राजनिति गर्ने ठाउँ बन्यो । उनी भन्छन् सवारी चालकहरु क्पाल काटेर दुई घण्टा सम्म मालिस गर्न लगाउँथे तर पैसा दिन आनाकानी गर्थे, कतिले त उल्टै थर्काउँथे पनि । चालकहरुको ज्यादती अन्याय पछि संघ स्थापना गरेका ठाकुर संघको सदस्य हुँदै अध्यक्ष र केन्द्रीय सदस्य समेत भए । उनी केन्द्रीय सदस्य हुँदा संघमा केही पैसा जम्मा भएको थियो । अधिवेशनमा उनले हिसाब किताब मागे । उनी आँखाको तारो भए । उनको प्रस्ताव कसैले पनि समर्थन गरेनन् कारण हिसा गोलमाल गर्ने हरुको बहुमत थियो । उनले सोचे “यो संघ म जस्ताहरुका लागि होइन रहेछ” घटना २०५० सालको हो अधिवेशन सकिएपछि पोखरा फर्किएर पाँच ठाँउमा सैलुुन खोले । कपाल काटेको १५ र दाह्ी काटेको १० । उनले सैलुन आम सैलुन व्यवसायीका लागि तनावको विषय बन्यो । यति सस्तोमा कपाल काट्न पाउँदैन् भनेर “उनलाई धम्की दिए । पोखरामा उनले सस्तोमा कपाल काट्न सुरु गर्दा मुलुक भर लगभग सबै जिल्लामा रहेका नाई संघका व्यक्तिहरु पोखरा पुगे प्रहरीमा उजुरी दर्ता गरे । आरोपहरु विभिन्न थियो, कसैले भन्थे मेरो पैसा तिरेन, कसैले भने कपाल काट्न जाँदा मेरो सिक्री चो¥यो, कसैले डुब्लिकेट ब्लेड र क्रिम प्रयोग ग¥यो भन्ने आरोप लगाए । प्रहरीमा १८ बर्ष काम गरेकै कारण उनलाई धेरैले चिन्थे । प्रहरी प्राशासन उनकै पक्षमा थियो तर चर्को दबाब आएपछि सिडियोलाई पनि ग्राहो थियो । कांगे्रस, एमाले, महिला संघ लगाएत विभिन्न पाटी र संघका व्यत्ति बहुदलकै विरुद्वमा थिए किनकि नाई संघ सबै पाटिको प्रतिनिधित्व थियो । प्रहरीलाई उजुरी दिनुको साथै सिडियोलाई भेटेर गुनासो गर्नेहरु बढेको बढ्यै भए ।
एक दिन सिडिओले बहुदल ठाकुरलाई बोलाएर भने सबै दलका नेता तिम्रा विरुद्वमा छन् ।तिमीले गलत गरेका छैनौँ मलाई थाहा छ तर लोभिपापीहरुले निकै चर्को दवाव दिन्छन् । बहुदलले भने ठिक छ मलाई थुने। समस्या समाधान हुन्छ भने मलाई एक दिन थुनिदिनुहोस् । सिडिओको सल्लाहमा उनी एक दिन थुनामा परे र भोलि पल्ट छुटे । नाई संघका पदाधिकार संग उनलाई लगाउने गतिलो अभियोग नभएका कारण भोलि पल्ट फेरि सल्लाह भयो र नाई संघका पदाधिकारले भने तपाई सस्तोदरमा कपाल नकाट्नुहोस् तर ठाकुर आफ्नो अडानमा अडिग रहेर भने कति पैसामा काटूं मेरो खुसी कोही गरिबलाई म सित्तैमा पनि काटिदिन्छु । उनले नाई संघकै पदाधिकारसंग प्रश्न गरे, तिमीहरुले समाजका लागि के ग¥यौ ? के तिम्रो संघ मात्र कपाल काट्न र रेट राख्नका लागि मात्र हो ? पोखरा बजारमा कहिलै झाडु लगाएका छौ ? बाढिपिडितलाई एक रुपैँया सहयोग गरेका छौ ? यस्ता धेरै प्रश्न गरे तर जवाफ कसैले दिएन ।
बहुदल भन्दछन्, त्यसपछि नाई संघका व्यक्तिहरु पुरै लुटपाटमा लागे । उनकै सैलुनमा काम गर्ने पोखरा वगरका एकजनालाई अपहरण समेत गरे । पसल तोडफेड धेरै गरे । अन्तिममा सिडिओले भने बहुदल गलत छैन नाई संघका सबैलाई समातेर थुन्छु, भनेपछि नाई संघका पदाधिकारीहरु सबै पछाडि हटे । २०६० सालमा नाई संघका पदाधिकारीहरु फेरि आएर बहुदल ठाकुरलाई भनेछन्, हाम्रो संस्थामा अध्यक्ष बसिदिनुप¥यो तर बहुदल मानेनन् ।

Bhansar Bivag
Argakhachi Cement