अनिल भट्ट, युवा पर्यटन उद्यमी
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा २०४५ सालमा बुबा रामकुमार भट्ट र आमा देवी भट्टको गर्भबाट उनको जन्म भएको थियो । बुबा तत्कालीन समयमा प्रधानपञ्च भएर समग्र जिल्लाको जनताका बीचमा राम्रो काम गर्न सफल भएकै कारण आज आफू यो क्षेत्रमा आइपुगेको छु, भट्ट भन्छन् । गंगा जमुना गाउँपालिका वडा नं. ६ धादिङ जिल्लामा सामान्य परिवारमा मेरो जन्म भएको हो । जुन नेपालको पर्यटन क्षेत्रका लागि अत्यन्त राम्रो रुपबाट चिन्न सकिन्छ । धादिङमा रहेको गणेश हिमाल हरेक हिसाबबाट हेर्दा यो हिमालले धादिङ जिल्लालाई मात्र नभएर समग्र नेपालकै पर्यटकीय नगरिको रुपबाट उक्त हिमाललाई चिन्न सकिन्छ । यस हिमालको फेदहुँदै लेकसाइटसम्मको भूभाग पूरै ट्रेकिङ रुड र रुवी भ्याली गाउँ पालिकाले समेत उक्त क्षेत्र परिचित रहेको छ ।
यस ठाउँमा प्राय जसो ठूलो संख्यामा पर्यटकहरु विभिन्न खालको अवलोकनको अतिरिक्क्त दृश्य अवलोकन गर्नका निम्ति समेत पर्यटकहरु आउने गरेका छन् । पर्यटन क्षेत्रमा आफू जोडिनुभन्दा पहिले आइटि क्षेत्रबाट आफू सेवा क्षेत्रमा प्रवेश गरेको कुरा भट्टले जानाकारी गराउँछन् । त्यसपछि इन्ष्ट्रिच्युटमा समेत ८ बर्ष जति राम्रोसँग अध्यापन गराएको कुरा उनी विगतलाई सम्झन्छन् ।
पर्यटकहरु कसरी आउँछन् त नेपालमा
प्रकृतिको खानीका रुपमा रहेका हिमालका विभिन्न खालका दृश्य र विविध खालका मनोरञ्जनका केही हिमश्रङ्खलाहरुको सुक्ष्म रुपमा अध्ययन अनुसन्धान गर्नका निम्ति विदेशी पाउनाहरु नेपालमा आउने गर्दछन । ताकी त्यसले गर्दा उनीहरुमा एक खालको छुट्टै खालको वातावरणको केही महसुस हुन सकोस्, र नेपालमा ता यी खालको प्रकृतिको खानी र प्रकृतिले नै सजिएर निर्माण भएको छ भन्ने खालको वातावरण निर्माण गर्न सकियो भने मात्र विदेशीहरु नेपालमा आउने र केही खर्च गर्न पनि राजि हुन्छन, जस्तो मलाई लाग्छ । हामीकँहा रहेको प्राकृतिक, धार्मिक सम्पदा, मठ मन्दिर चैत्य गुम्वालगायतका बहुमुल्यवान बस्तुहरुलाई संरक्षण, सम्वद्र्धण र सम्हार गर्न सक्नु पर्छ । यो पहल सरकार वा व्यक्तिगत र संस्थागत रुपमा सबैले पहल गर्नुपर्छ । किनभने यी सबै चीजहरु हामीहरु सबैको राष्ट्रिय सम्पति हुन् । यी चीजहरु हेर्नका लागि बढिभन्दा बढि पर्यटकहरु नेपाल आउँछन् । हाम्रो व्यवसाय सेवामूलक व्यवसाय हो । हामीले आउने पर्यटकहरुलाई सुरु देखि अन्त्य सम्म राम्रो सेवा दिन सक्नु पर्छ । हर क्षेत्रमा सकरात्मक असर पार्नु पर्दछ । हामीले हाम्रा गाइड साथिहरु र स्टापहरुमा सबै कुराको जानाकारी गराउनु सक्नुपर्छ ।
पर्यटन क्षेत्रमा मेरो अनुभव
पर्यटन क्षेत्र यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट हामीले हाम्रो देशमा भएको विविध खालको स्रोत र साधनहरुको अत्यधिक मात्रामा प्रयोग गर्दै यी खालको चारैतिर छरिएर रहेका स्रोत र साधनहरुलाई के–कसरी बढिभन्दा बढि प्रयोगमा ल्याउन सकिन्छ । भएका अध्यधिक स्रोत, साधनहरुलाई दीगो रुपबाट व्यवहारमा कामकाजी ढङ्गबाट प्रयोगमा ल्याउन सकियो भने अवश्य पनि पर्यटन क्षेत्रको अथाह सम्भावना रहँदा समेत काम गर्न सजिलो हुन्छ । यी खालका कामहरुलाई सजिलो बनाउन सकियो भनि मात्रा हामीकँहा रहेका विभिन्न खालको पर्यटन व्यवसायीहरुले राम्रो आर्थिक लाभ लिन सक्छौं । यो व्यवसायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट हामीहरुले व्यवस्थित गर्न सकेको खण्डमा मात्र नेपालमा पर्यटन क्षेत्रको शिर उच्च रहन सक्छ । जस्तो मलाई लाग्छ ।
पर्यटन क्षेत्रबाट आर्थिक लाभ लिन सकिन्छ
पर्यटन क्षेत्र मात्र यस्तो क्षेत्र हो, शुन्य अवस्थाबाट जो कसैले व्यवासायी सुरु गर्दा अन्तत राम्रै नै आय आम्दानीको रुपमा पुग्न सकिने कुरा भट्टको काम गर्दाको विभिन्न खालको अध्ययनले देखाउँछ । आज यो व्यवसाले मुलुकमा दिएको योगदानहरुलाई सरकारले सही रुपमा बुझ्न आवश्यक छ, र यो पेशा व्यवसायीहरुमा आइपर्ने विविध खालको समस्याहरुलाई के कसरी अघि बढाउने र भोलीका दिनमा अझ यो व्यवसायलाई मर्यादित हुनुका निम्ति पनि सरकारले विभिन्न खालको नीति नियमहरु सहज खालको निर्माण गरी यो व्यसायले नेपाल देश हो भनेर चिनाएकोमा गर्व गर्ने पेशा भएकाले गर्दा यो व्यवसायलाई अझ माथि लानका निम्ति सरकारको पनि विविध खालको साथ सहयोगको आवश्यकता पर्दछ ।
पर्यटन क्षेत्रबाट मात्रा आर्थिक सम्भव छ
मलाई लाग्छ, मुलुकको आर्थिक क्षेत्रलाई प्रत्यक्ष रुपमा पर्यटन व्यवसायले अत्यन्त ठूलो भूमिका खेलेको हुन्छ । हाम्रो देशको मूख्य आयस्रोतको रुपमा पर्यटन व्यवसायलाई लिन सकिन्छ । समस्त पर्यटकहरुबाट लिने राजश्व, पर्यटन व्यवसायीले तिर्ने ट्याक्स, भ्याट नै देशको आर्थिक क्षेत्रको ठूलो हिस्सा हो जस्तो मलाई लाग्छ । हामीले पर्यटन व्यवसायलाई अझ व्यवस्थित गर्न सक्र्यौ भने अवश्य पनि देशको आर्थिक उन्नती र प्रगति हुन सक्छ ।
विकास निर्माणको गति
मुलुकमा अहिले जुन रुपबाट विकास निर्माणका कामहरु हुँदै आएको छ । त्यो टिक हो जस्तो मलाई लाग्छ । यी खालका विषयवस्तुप्रति मेरो सकरात्मक धारणा रहेको छ । कतिपय कुराहरु यस्ता पनि हुन्छन् हामीले विकास निर्माणका कामहरु गर्दा हाम्रो वातावरणमा प्रत्यक्ष असर पनि परिरहेको हुन्छ, त्यसमा पनि हामी सबैले ध्यान दिनु पर्दछ जस्तो मलाई लाग्छ । हाम्रो वातावरण राम्रो राख्न सक्यौं भने हामीकँहा पर्यटकहरु धेरै आउँछन् र इभन मुलुकलाई पनि फाइदा हुन्छ र म जस्ता व्यवसायीहरुलाई पनि फाइदा हुन्छ । जवसम्म वातावरण सफा र सुन्दर राख्न सक्छौं । पर्यटन क्षेत्रले मात्र देशलाई सहि गतिमा लान्छ
पर्यटन व्यवसाय यस्तो व्यवसाय हो । नेपालमा पर्यटन क्षेत्रले गरेको कामलाई निरन्तरता दिन सकियो भने मात्र मुलुकको आर्थिक उन्नती र प्रगती हुन सक्छ, यो कुरा म दावाका साथ भन्छु, यो क्षेत्र राम्रो भयो भनि मुलुकको हर क्षेत्रको विकास सम्भव छ ।