सम्पादक बिष्णु गिरी ‘निश्चल‘लाई पत्रकारीता सम्मान

प्रकासित मिति: ३० चैत्र २०८०, शुक्रबार १५:२८

काठमाडौ । द युनिर्भसल टाईम्स्का सम्पादक बिष्णु गिरी निश्चल सम्मानीत भएका छन । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२ औ अधिबेसनमा निश्चललाई सम्मान गरिएको हा । हरिप्रसाद रिजाल स्मृतिमा स्थापीत पत्रकाररिता सम्मान संञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले प्रदान गरेकी हुन् ।
प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा सम्पादक गिरीलाई नेपाली पत्रकारीता क्षेत्रमार्फत आम जनतालाई सुसुचित गदै अनवरत रुपमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सम्मान पत्र र नगद दश हजार सहित मन्त्री शर्माले सम्मान गरेकी हुन् । सम्पादक गिरी अधिवत्ता समेत हुन् ।
खोटाङको सामान्य परिवारमा जन्मिएका सम्पादक बिष्णु गिरी निश्चल मेहनत, इमानदारिता कारण नै पत्रकारिता क्षेत्रमा आफुलाई अब्बल साबित गदै अगाडि बढेका छन् । लामोे समय पत्रकारीता क्षेत्रमा क्रियाशिल भएर कानुन ब्यबसायमा आएका अधिवत्ता गिरीले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन, नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । बहुआयामिक अनुभव भएका सम्पादक गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको काठमाडौ शाखाको सदस्य उपत्यका प्रदेश समितिको बर्तमान कार्यसमिति सदस्य बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।
सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने सम्पादक गिरी मान्छे चिन्नको लागि पत्रकारीता शुरुवात गरेका छन् । रेडियो नेपालको घटना बिचार, रेडियो पर्याबरण,जनप्रभाब हुदै बिगत १५ बर्षदेखि द युनिर्भसल टाईम्स्का सम्पादकको रुपमा कार्यरत छन् । कुनैपनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो भन्ने बुझेका सम्पादक गिरी पत्रकारीत क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेकोमा जोड दिन्छन् । सम्पाद गिरीले मोरङ पब्लिक मा.बि धनिबनी गाउँबाट एसएलसी उर्तिण गर्नुभएका उहाँ काठमाण्डौको रत्न राज्य क्याम्स, त्रिभुवन बिश्व बिद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । अरुले यसो गरयो उसो गरयो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने सम्पादक हुन् गिरी । आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गिरीको श्रीमति र १ छोरी १ छोरा छन् । सम्पादक गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, जापाल, उत्तरकोरिया, सिगापुर हङकङ, मलेशिया, कतार, दुबई चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement