रामबाबु रानामगर
मंसिर,भक्तपुर ।खसम्भावना बचत तथा ऋण सहकारी संस्थाले ५ औं स्थापना दिवस एवं बार्षिक साधारण सभा गत शनिबार सम्पन्न गरेको छ । “सुखद् भविष्यको लागि बचत गरौं” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै सहकारी ऐन २०४८ सहकारी नियमावली २०४९ को अधिनमा रही डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६९ साल भाद्र १२ गते द.नं.५७१ ÷०६९÷७० का साथ विधिवत रुपमा दर्ता गरी यस संस्थाको कार्यालय मध्यपुर थिमि नगरपालिका वडा नं.०७ धुन्चो, भक्तपुरमा खोली निरन्तर रुपमा सेवा दिदैं आईरहेका छ ।
मन मिल्ने साथीहरु बीच सहकार्य गर्ने पवित्र उद्देश्य लिएर ४ वर्ष अघि थालिएको आपसी छलफल पश्चात् सहकारीको अवधारण सहित कार्यारम्भ गर्दा २९ जनाले प्रतिव्यक्ति रु ५,०००÷– संकलन भएको थियो ।
सम्भावना बचत तथा ऋण सहकारीको नामबाट २९ जना सदस्य रहेको समुह गठन गरियो र पछि सदस्यका संख्या बढेर ५१ पुगे ।
तिनै ५१ जना सदस्यहरुबाट मासिक रु. ५०÷– संकलन गरि बचतको शुरुवात गरी संकलित रकमबाट आवश्यक पर्ने सदस्यलाई कर्जा समेत प्रवाह गर्ने कार्य शुरुवात गरेको थियो ।
यस संस्थाले समय सहकारी मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी ऐन नियमको परिधिभित्र रहि सदस्यहरुको आर्थिक विकासका साथै साँस्कृतिक विकासमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै समयमा रक्तदान कार्यक्रम ,स्वास्थ्यशिविर, मन्दिर एवं टोल सरसफाई कार्यक्रम , सहकारी क्षेत्रसंग सम्बन्धित विविध गतिविधिहरु को क्रममा सहकारी अवलोकन भ्रमण,बनभोज आयोजना गरेर शेयर सदस्यहरुबीच आपसी चिनजान समेत गर्ने गरेको हुनाले संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको हरेक गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वमा समेत विशेष चासो राख्दै आएको छ ।
संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ ।
२९ जना बाट शुरु भएको बचत समुह हाल ५४२ सदस्यहरुको साझा चौतारी बनेको छ । जसमा महिला सदस्य २८८, पुरुष सदस्य २५१ र संस्थागत सदस्य ३ रहेको छ । हाल कुल ५४२ सदस्यहरु रहेको संस्थाले आफ्नो शेयर पूँजी रु.२९,३४,८०० ÷– पु¥याएको छ । आगामी आर्थिक वर्षमा २ करोड पु¥याउने लक्ष्य संस्थाले लिएको छ ।
भने सदस्यहरु बाट निक्षेप संकलन रु.१करोड ७५लाख ७५हजार चारसय नौ गरेको छ भने सदस्यहरुलाई लगानी रु.९२लाख ६४हजार ७ सय पच्चिस गरेको छ ।
चाहे अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन निरन्तर रुपमा अगाडी बढीरहेको छ ।
आगामी दिनमा समेत सदस्यहरुको आर्थिक , सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध भएर लागि पर्ने र अझ भन्नु पर्दा जन्मदेखि मृत्युपर्यान्त सदस्य हितको लागि संस्था लागि पर्ने समेत बताए ।
संस्थाका अध्यक्ष भक्तराज खत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाको मेयर मदन सुन्दर श्रेष्ठ,अतिथिहरु महिला बागद्धार सहकारी संस्थाका अध्यक्ष नानिमैंया नापित, धुन्चो बासी सहकारी संस्थाका अध्यक्ष रवि भण्डारी, म.थि.न.पा.वडा सदस्य सुजन पौडेल,धुन्चो युवा गुठीका उपाध्यक्ष नरबहादुर तामाङ्ग,धुन्चो मगरगाँउ चौतर्फी विकास समाजका अध्यक्ष तारानाथ लम्साल लगायतले उक्त कार्यक्रममा आ आफ्नो मन्तव्य राखेका थिए ।
सहकारी क्षेत्रमा लामो समयदेखि विशेष योगदान पु¥याउने विशिष्ठ अभियन्ता, बाल बचतकर्ताहरु, र संस्थाका कर्मचारीलाई दोसल्ला ,मायाको चिनो र पुरस्कारले सम्मान गरेको थियो ।