सरकारको खुशी नेपाली सम्बृद्ध नेपाल अभियानलाई परिवार दलले सघाउने

प्रकासित मिति: १ पुष २०७५, आईतवार १०:३१

पुस १ काठमाण्डौं । नेपाल परिवार दलको केन्द्रीय समितिको बैठक आईतबार राजधानीमा सम्पन्न भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक बिषयमा छलफल गरेको छ ।
सरकारले अहिले सम्म गरेका कार्यको छलफल गदै सरकारले लिएको खुशी नेपाली सम्बृद्ध नेपाल अभियानलाई ग्रामिण स्त्तरमा संञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले हालै सम्पन्न भएको एसिया व्यासफिक सम्मेलनले देशको प्रतिष्ठा र नेपालको पर्यटन बिकास र नेपालको सफल शान्ति प्रकृयालाई विश्व मञ्चमा पुरयाउन सहयोग पुरयाउने निर्णय गरेको छ ।
सरकारले अहिले सम्म गरेका कार्यकाल सफल रहेको उल्लेख गदै सरकारले गर्ने राजनीतिक नियुक्ती गर्दा योग्यता ,क्षमता र क्षेत्रगत बिषयलाई आधार बनाएर नियुक्त गर्न आग्रह गरेको छ । यस्तै निर्मला पन्त बलत्कार पछि हत्याको छानबीन तदरुपताको साथ छानबीन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेको छ ।
परिवार दलका जिल्ला समितिहरुलाई पुर्नगठन गदै संगठन बिस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । बैठकले दलका केन्द्रीय सदस्य राजेश बिष्टलाई परिवार दलको काठमाण्डौ जिल्ला समितिको अध्यक्षको जिम्मेबारी समेत तोकेको छ ।
परिवार दलका सल्लाहकार डा.चूडा बहादुर श्रेष्ठले भ्रम फैलाउन सजिलो हुन्छ तर यथार्थ बाहिर त्याउन गा्रहो हुने उल्लेख गदै सम्मेलनको बारेका उपलब्धीहरु के कति भए यसले नेपालको पर्यटन बिकासमा पारेको प्रभावको बारेमा उल्लेख गरि पुस्तक प्रकाशन गर्न सुझाब दिए ।
एआईजी प्रकाश कुवँरले सम्मेलनका बेला बिभिन्न धार्मिक गुरुहरुले बोलेको कुराहरुलाई प्रकाशनम ाल्याउनु पर्नेमा जोड दिए । डा.तुलसी पाठक सम्मेलनले नेपालको प्रचाार प्रचारमा ठूलो योगदान दिएको उल्लेख गदै नेपाल पर्यटन प्रर्वदन गर्नमा मद्धत पुगेको छ । बुद्ध नेपालमा जन्मेको भन्ने कुरा पून एकपटक बिश्व शामु चिनाउन सफलभएको छ । डा.मिलन रत्न शाक्यले एशिया प्यासफिक सम्मेलनले अन्तरधार्मिक कुरालाई बढवा दिने काम गरेको छ । नेपालमा पीत पत्रकारीताको बढ्वा दिईरहेको भन्दै आफै २० बर्ष पत्रकारिता गरेको उल्लेख गरे ।
धर्य नभएको मैले देखे त्यहाँ कहा धर्म परिर्वतनको कुरा देखियो सबै टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेका थिए त्यो कुरा कुनै बुद्धिजिबीहरु बुझ्न सकेनन् । अन्तर धार्मिक गतिबिधिहरुलाई बढ्वा दिने कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाब दिए ।
प्रा.डा श्रीराम प्रसाद उपाध्यायले मिडियाले सम्मेलनको सकारात्मक कुराहरुलाई आझेलमा पारेको छ । नेपालमा यस्तो किसीमको सम्मेलन सयुक्त राष्ट संघ बाहेका अरुले गर्न सक्तैन त्यसले गर्न नसकेकाहरुले बिरोध मात्र गरेका हुन् ।
नारायण शर्मा गजुरेलले यति ठूलो सम्मेलन हुदाँ पक्ष र बिपक्षमा कुराहरु उठ्न समान्य कुरा हो । यसमा आर्तिन ुपर्ने कुनै अवस्था छैन बरु यो सम्मेलनको चर्चाले अव देश भित्र कार्यक्रमहरु गर्न सहज बाताबरण सृजना गरेको छ । आफु बलियो हुन ुपर्ने तर्क राख्दै आफुले सम्मेलनमा कुनै धार्मिक गतिबिबिधिहरु भइको आफुले नपाएको बताए । र यो बिरोधको लागिमात्र बिरोध भएको यो यसको लागि सम्मेलनको बास्तबिकता चाडै सार्वजनीक गरेपछि यसबारे उठेका भ्रमहरुको आफै अन्त्य हुनेछ । महेश प्रसाई सम्मेलनले देशका प्रतिष्ठा बढाउने काम गरेको छ ।
परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवत्ता सन्तोष कुमार पौडेल, कोषाध्यक्ष मिलन कुमारी राजबंशी सचिव गोबिन्द मिश्र केन्द्रीय सदस्यशिब कृष्ण श्रेष्ठ, राजेश बिष्ट, गणेश कुमार श्रेष्ठ, मनोज कुमार सुर्खेती,रामचन्द्र चौधरी लगायतका नेताहरुले बोलेका थिए ।

Bhansar Bivag
Argakhachi Cement