सरकारको समर्थन फिर्ता लिएसँगै अध्यक्ष ढकाल दिल्ली प्रस्थान

प्रकासित मिति: २२ मंसिर २०७३, बुधबार ११:१७

मङसिर २२ काठमाडौं । नेपाल पविार दलले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग दलका अध्यक्ष एकनाथ ढकाल बुधबार दिल्ली प्रस्थान गरेको छन् । मङलबार दलको केन्द्रीय समितिको बैठक बसी सरकारले संसदमा दर्ता गरेका संविधान संशोधन विद्येयकले नेपाली नागरिकको भावना समेट्न नसकेको, सर्वदलिय छलफल र सहमतिको प्रयास नगरी एकलौटी ढंगले विद्येयक पेश गरेको , सरकारी राष्ट्रिय मुद्धाहरुको सम्वोधनमा असफल रहेको, भुकम्प पछीको eknath-dhakalपूननिर्माणमा खासै प्रगति गर्न नसकेको, राष्ट्रियता कमजोर हुदै गएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
दलले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी प्रधानमन्त्री तथा सभामुखलाई गराईसकेको छ । यसअधि मङलबार नै दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटगरेका थिए । ओली निवास बालकोटमा भएको भेटमा दुई नेताबीच समसामयिक राजनीतिक बिषयमा गहन छलफल भएको थियो ।
अध्यक्ष ढकालल दिल्ली गएको पुष्टी गदै परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले दिल्लीमा रहदाँ अध्यक्षले भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्च पदस्थअधिकारीहरुलाई भेटने कार्यक्रम रहेको छ ।
ब्यबस्थापीका संसदमा दुई सिट रहेको नेपाल परिवार दलका अध्यक्ष ढकालले सरकारलाई समर्थ फिर्ता लिए लगतै गरेको भारत भ्रमणले नेपाली राजनीतिकमा नयाँ तरङ उत्पन्न गराएको छ । पूर्वमन्त्री समेत रहेका ढकालले भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement