सरकारमा सहभागि हुने राजपाको सर्त , दुई मन्त्री र उपराष्ट्रपति

प्रकासित मिति: २४ फाल्गुन २०७४, बिहीबार ०४:४०

काठमाण्डौ । राजपा अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन् । प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा ठाकुरले दुई मन्त्री र उपराष्ट्रपति वा तीन मन्त्री मागेको हुन् । प्रधानमन्त्रीले राजपाका सांसद् रेशम चौधरीलाई संसदमा सहभागी हुने वातावरण मिलाउने आश्वासनसमेत दिएको बताइएको छ । फोरमलाई सत्तामा ल्याउन दुई बुँदे सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन् । राजपाले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ ।
संघिय समाजबादी फोरम सरकारमा जाने निर्णय गरिसकेपछि राजपालाई दवाब परेको हो ।

Bhansar Bivag
Argakhachi Cement