सरकारी अस्पतालमै स्टाफ नर्स भर्ना प्रक्रियामा गम्भिर ‘विभेद’

प्रकासित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १५:४६

अव नियम सच्याएर मात्रै नयाँ भर्ना लिने

काठमाडौं । टिचिङ अस्पतालले स्टार्फ नर्स पाँचौ तहमा करार सेवाको लागि ४० जनाको लागि आबेदन माग गर¥यो र प्रत्येक पदको लागि १५०० दरले शुल्क लिएर आवेदन भरेका थिए । तर नतिजा प्रकाशन गर्ने क्रममा भने पिसिएल नर्सिङ गरेकाहरुको कोटामा स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले परीक्षा दिएर प्रमाण पत्रका आधारमा बढी नम्बर दिएर पास गराएको खुलेको छ जसका कारण प्रमाणपत्र तह पास गरेर नसिङमा आवेदन दिएकाहरु ठगीमा परेका हुन् ।
त्यसको बिरोधमा नर्स युथ समु, एन्टीकरपसन मुभमेन्ट, नेपाल नसिङ संघ तथा श्रमजिबि टेड युनियन संघका प्रनिनिधीहरुले अस्पतालका निदेर्शक डा दिपक प्रसाद महरालाई भेटेर निर्णय सच्याउन आग्रह गदै अगामी दिनमा यस्तो बिभेद नर्गन भनेका थिए ।
यसरी सरकारी अस्पतालबाटै बिज्ञापन गरी नर्सको मुल्याङकनमा बिभेद गरी ठगी गरेको सरोकारवालाहरुले बताएका छन् ।

स्टाफ नर्स भर्ना परीक्षामा स्नातक भन्दा माथिका प्रमाण पत्रको नम्बर जोडेकोमा पिसिएल मात्र अध्ययन गरेका नर्सहरुले विरोध जनाएका छन् । लिखित परीक्षा राम्रो अंक ल्याउँदा पनि शैक्षिक प्रमाण पत्रका कारण आफू पछि परेको भन्दै प्रमाण पत्र तह पास गरेका नर्सहरुले समेत अस्पतालका निर्देशक डा दिपक प्रसाद महरालाई भेटेर विरोध जनाए ।
शिक्षण अस्पताल व्यवस्थापन परिषद स्थायी समितिको २०७३ साल फागुन १७ गते बसेको बैठकले शैक्षिक योग्यतालार्य २० र लिखित ८० नम्बर दिने निर्णय पास गरेको थियो । सो अनुसार अधिकृतस्तरका पदका लागि एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भएको भए ५, प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तिर्ण भएको भए १० र स्नातक वा सो सरह प्रथम श्रेणीमा उत्तिण गरेका भए ५ अंकभार तय गरेको छ । जसअनुसार प्रमाण पत्र तहसम्म मात्रै अध्ययन गरेकाहरुले ९५ नम्बरको मात्रै परीक्षा दिन पाउने अवस्था छ ।
पिसिएलले ९५ नम्बर र सो भन्दा माथिकाले १०० नम्बरको परीक्षा दिने पाउने प्रणाली नै विभेदपूर्ण रहेको छ । माथिल्लो तह अध्ययन गरेकालाई तल्लो तहमा जाँच दिन उत्प्रेरित गर्ने अस्पतालको नियममाथि उनीहरुले औंला उठाए । अस्पतालका निर्देशक महराले यस्तो व्यवस्था खारेजका लागि आफूले पहल गर्ने बताउँदै व्यवस्था खारेज नभएसम्म स्टाफ नर्सको नयाँ भर्ना नलिने प्रतिबद्धता जनाए ।
एन्टीकरप्सन मुभमेन्टका सचिव सुजित दत्तले बिगतमा पनि नसिङ पेशामा लागेका प्रति शोषण भएको र यो घटनानिक्कै लजास्पद भएको भन्दै यसमा अस्पताल प्रशासन सचिनु पर्नेमा जोड दिए ।

Bhansar Bivag
Argakhachi Cement