लहान, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वपक्षीय सहमतिका आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
सिरहाको लहानमा आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले संविधान संशोधन प्रस्तावको मस्यौदा तयार भइसकेको विभिन्न सूत्रबाट जानकारी आए पनि यस विषयमा आफूू र आफ्नो पार्टीलाई आधिकारिक जानकारी नआएको बताउनुभयो ।
पुरानै संरचनामा भए पनि केही अवधिभित्र स्थानीय निकायको चुुनाव गर्नुपर्ने उहाँको भनाइ छ । “स्थानीय निकायको निर्वाचन नभएका कारण जनप्रतिनिधिविहीनको अवस्थामा अर्बौं रुपैयाँ दुुरुपयोग भइरहेको छ, तत्काल निर्वाचन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो ।
चुुनावलाई संविधान संशोधनसँग नजोडी नयाँ संरचना मान्य नभए पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचनका लागि सकारात्मक भूूमिका खेल्न उहाँले मेधस केन्द्रित दलसँग आग्रह गर्नुभयो । नेपाली नै राष्ट्रप्रमुुख बन्न योग्य रहेकाले अङ्गिकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जाने माग गलत भएको नेता नेपालको भनाइ थियो