रामबाबु रानामगर
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २६औं स्थापना दिवस बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
“दिगो विकास र लक्ष्य प्राप्तिका लागि सहकारी ” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४५ साल भाद्र २८ गते साझा यातायातमा कर्मचारी बचत तथा ऋण कोषको नामबाट ४४ जना सदस्य रहेको समुह गठन गरियो र पछि सदस्यका संख्या बढेर ५१ पुगे । तिनै ५१ जना सदस्यहरुबाट मासिक रु. ५०÷– संकलन गरि बचतको शुरुवात गरी संकलित रकमबाट आवश्यक पर्ने सदस्यलाई कर्जा समेत प्रवाह गर्ने कार्य शुरुवात गरेको थियो । पछि २०४९ साल भाद्र ७ गतेका दिन विधिवत रुपमा सहकारी ऐन २०४८ बमोजिम सहकारी विभागमा दर्ता भएको यस संस्थाले सहकारी क्षेत्रसंग सम्बन्धित लेख रचना तथा सवालहरुलाई समेटेर प्रकाशन गरेको स्मारिकाले संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वमा समेत विशेष चासो राख्दै आएको छ । संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ । ४४ जना बाट शुरु भएको बचत समुह हाल १४७३ सदस्यहरुको साझा चौतारी बनेको छ । कुल १४७३ सदस्यहरु रहेको संस्थाले आफ्नो शेयर पूँजी रु. २,८१,७३,८०० ÷– पु¥याएको छ । भने सदस्यहरु बाट निक्षेप संकलन रु. २७,६५,५७,००० ÷– गरेको छ भने सदस्यहरुलाई लगानी रु २८,३६,००,०००÷– गरेको छ । यो विगत आर्थिक वर्षको तुलनामा समिक्षा गर्दा कर्जा लगानीमा २८ प्रतिशतले वृद्धि भएको पाइन्छ । चाहे अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन र आगामी दिनमा समेत सदस्यहरुको आर्थिक , सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध भएर लागि पर्ने र अझ भन्नु पर्दा जन्मदेखि मृत्युपर्यान्त सदस्य हितको लागि संस्था लागि पर्ने बताए ।
संस्थाका अध्यक्ष श्री रामकृष्ण कार्कीको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष श्री डि.बी. बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्ध संञ्चालक के.बि.उप्रती, प्रदेश सांसद् उत्तम बस्नेत, नेपाल राष्ट्र«बैंक पूर्व कर्मचारी कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष वैकुण्ठ प्रसाद गौतम, ललितपुर म.न.पा.१० वडा अध्यक्ष नरसिंह व्यन्जनकार, संस्थाका कानुनी सल्लाहकार चोकबहादुर आलेमगर ,संस्थाका पूर्व अध्यक्षद्धय शम्भु बहादुर के.सी.,बिनोद कुमार गौतम,सेन्चुरी बैंकका प्रबन्धक सुनिलकुमार न्यौपाने,पशुपति सेभिंङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि.का अध्यक्ष सी.बी.लामा एवं विभिन्न संघ–संस्था लगायत पत्रकार ,मिडियाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको संस्थाका उपाध्यक्ष सुनिल कुमार देवकोटाले बताए ।
संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पु¥याउने विशिष्ठ अभियन्ताहरु र जेष्ठ नागरिकहरुलाई दोसल्ला ,चाँदीको सिक्का,मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको थियो ।
जसमा उत्कृष्ट सदस्य एवं बचतकर्ता पुर्णलाल बज्राचार्य,जेमिला श्रेष्ठ,लक्ष्मी महर्जन (गुभाजु) , डम्बरबहादुर बि.क, मनोज शाक्य,र दृष्टिविहिन नियमित बचतकर्ता मानदेव महर्जन लाई विशेष सम्मान गरिएको थियो । ।
संस्थाले सहकारीका उत्कृष्ट सदस्य जेष्ठ नागरिकहरु इन्द्रलाल श्रेष्ठ,नुमकुमारी विष्ट,मधुसुदन सुवेदी,बाबा शाह ,मिथिला बदन मल्ल,विष्णु सिजापति र मेघबहादुर सिजापति लगायतलाई सम्मान गरेको थियो । त्यस्तै संस्थाले आफ्नो उत्कृष्ट बचत कर्ता तथा संस्थालाई बिशेष योगदान दिने सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।
संस्थाको कार्यालय कुपन्डोल ज्वागल स्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिट्यान्स् लगायतका सुविधा प्रदान गर्दै आएको छ । केही समय अगाडी एसियाको सम्मेलन फिलिपिन्स भएको थियो । सो सम्मेलनमा एशियाका २३ वटा सहकारीले एक्सेस ब्राण्ड प्राप्त गरेका थिए । जस मध्ये फिलिपिन्सको २ ,इन्डोनेसियाको १ र नेफ्स्कुन नेपाल अग्रपंक्तिमा रहेको हुनाले नेपालका २० वटा सहकारी संस्थाले एसियाको एक्सेस ब्राण्ड सदस्यता प्राप्त गर्न सफल भएका छन् ।