असार १३ काठमाण्डौं । संघिय संसद सचिवालयका सह–सचिव जीवराज बुढाथोकीलाई शान्तिदूत अवार्डद्धारा सम्मान गरिएको छ । बिहिबार पीस एम्बेसी भवन नक्सालमा आयोजित कार्यक्रममा युनिर्भसल पीस फेडेरेसन एशिया प्याशेफिकका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बुढाथोकीलाई सम्मान गरेका हुन् ।
सम्मानपछि बोल्दै पूर्वमन्त्री एकनाथ ढकालले नेपालमा शान्ति स्थापना र नेपालको सबिधान निर्माणमा सहसचिव बुढाथोकीको भूमिका महत्वपूर्ण रहेको बताउँदै बुढाथोकीको योगदान कुनै सभासदको भन्दा कम नरहेको बताए । बिश्वका हरेक द्धन्द्धग्रस्त देशमा युपीएफले आफ्नो कार्यालयनै स्थापना गरेर शान्ति अभियान चलाएको बताए । उनले बिश्व एक घर बिश्वका सबै मानिस एउटै परिवार भन्ने मुख्य आर्दशलाई आत्मसाथ गदै संस्था बिश्व ब्यापीरुपमा क्रियाशिल रहेको बताए । उनले हरेक मानवले आआफ्नो क्षेत्रबाट समाज रुपान्तरणमा भूमिका खेल्न सक्ने उल्लेख गदै बिश्वमा सुसासन, नेतृत्वबिकास, अन्तरधार्मिक एकता पारिवारीक मूल्यमान्यताको पक्षमा संस्थाले नेपालमा काम गरिरहेको बताए ।
सम्मानपछि बोल्दै सहसचिव जीवराज बुढाथोकीले समाजलाई ब्यबस्थीत गर्नको लागि सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहेका बताउदै धेरै पहिले देखी शान्ति अभियानको बारेमा सुनेपनि आजबाट सदस्य बन्न पाएकोमा खुशी ब्यत्त गरे ।
बुढाथोकीले द्धितिय बिश्वयुद्ध पश्चात कोरियाबाट शुरु भएको शान्ति अभियान अहिले बिश्वब्यापी रुपमा रहेको भन्दै परिवारबाटै शान्तिको बिउ रोप्नुपर्नेमा जोड दिए । उनले दुई कोरियाबीच शान्ति वार्ता सफल हुनुमा युपीएफले महत्वपूर्ण भूमिका निवाह गरेको उल्लेख गदै सोही संस्थाबाट सम्मानीति हुन पाउँदा गर्भ लागेको बताए ।
कार्यक्रममा पूर्व साँसद मिलन कुमारी राजबंशीले शान्ति प्रति सबैको चाहना हुन्छ तर एक्लो प्रयासले मात्र यो सम्भव नहुनै भन्दै यस्को लागी युपीएफले साझा चौतारीको रुपमा काम गरेको बताउँदै शान्तिको संस्थामा जोडीनु भएकोमा खुशी ब्यक्त गदै ।
बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल , युपीएफ नेपालका महासचिव बिनोद डाँगी पीस टेलिभिजन कोरीयाका प्रतिनिधी लगायतको उपस्थती रहेको थियो ।
बुढाथोकी संघिय संसद अन्र्तगत कार्यब्यबस्था परामर्श समितिमा सचिबका रुपमा कार्यरत छन् ।