सांसद बिडारीलाई शान्तिदूत सम्मान

प्रकासित मिति: २५ बैशाख २०७५, मंगलवार ०८:५८

बैशाख २५ काठमाण्डौं । राष्ट्रिय सभाका सांसद राम नारायण बिडारीलाई शान्तिदूत अवार्डद्धारा सम्मान गरिएको छ । मङ्गलबार पीस एम्बेसी भवन नक्सालमा आयोजित कार्यक्रममा युनिर्भसल पीस फेडेरेसन एशिया प्याशेफिकका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिडारीलाई सम्मान गरेका हुन् । सोही अवसरमा पूर्व सभासद हरिप्रसाद उप्रेतीलाई पनि शान्तिदूत अवार्डद्धारा सम्मानित गरिएको थियो ।
सम्मानपछि बोल्दै सांसद रामनारायण बिडारीले मानव मुत्तिको यात्राको लागि जीवनमा आन्नद र मनमा शान्ति हुनुपर्नेमा जोड दिदै समाजलाई ब्यबस्थीत गर्नको लागि सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहेका बताए ।
सांसद बिडारीले दुई कोरियाबीच शान्ति वार्ता सफल हुनुमा युपीएफले महत्वपूर्ण भूमिका निवाह गरेको उल्लेख गदै सोही संस्थाबाट सम्मानीति हुन पाउँदा गर्भ लागेको बताए ।
कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले बिश्व एक घर बिश्वका सबै मानिस एउटै परिवार भन्ने मुख्य आर्दशलाई आत्मसाथ गदै संस्था बिश्व ब्यापीरुपमा क्रियाशिल रहेको बताए । उनले हरेक मानवले आआफ्नो क्षेत्रबाट समाज रुपान्तरणमा भूमिका खेल्न सक्ने उल्लेख गदै बिश्वमा सुसासन, नेतृत्वबिकास, अन्तरधार्मिक एकता पारिवारीक मूल्यमान्यताको पक्षमा संस्थाले नेपालमा काम गरिरहेको बताए । पूर्वमन्त्री ढकालले नेपालको शान्ति प्रक्रियालाई निश्कर्शमा पु¥याउनको लागि संस्थाले दक्षिण एशियाका देशहरुमा २० भन्दा बढी सेमिनार गरेको जानकारी दिए ।
कार्यक्रममा पूर्व सभासद हरि प्रसाद उप्रेतीले शान्ति प्रति सबैको चाहना हुन्छ तर एक्लो प्रयासले मात्र यो सम्भव नहुनै भन्दै यस्को लागी युपीएफले साझा चौतारीको रुपमा काम गरेको बताए । कार्यक्रममा पूर्व सभासद मिलन कुमारी राजबंशी, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल , युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतको उपस्थती रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement