कामना न्युज पब्लिकेसन्स्बाट २७ वर्षदेखि नियमितरुपमा प्रकाशन भइरहेको साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन २०७६ असारको अंकदेखि परिमार्जितरुपमा विशेष साजसज्जासहित प्रकाशित भएको छ ।
बजार सर्वेक्षणका आधारमा साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनका पाठकहरु १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिकसमेत हुने गरेको पाइएकाले साधनालाई अझ पाठक–मैत्री बनाउने उद्देश्यले यस अंकदेखि लार्ज प्रिन्टमा प्रकाशन गर्न थालिएको छ । यो लार्ज प्रिन्टको कन्सेप्ट नेपालकै पहिलो प्रयास हो ।
स्वास्थ्यसम्बन्धी म्यागेजिन पढ्दा आँखामा कुनै प्रकारको दबाब नपरोस् र तनाव उत्पन्न भई टाउकोसमेत नदुखोस् भन्ने उद्देश्यले ठूलो साइजका अक्षर प्रयोग गरिएको हो । साना फन्टको तुलनामा ठूला फन्ट भएका पाठ्य सामग्री पढ्दा आँखाको थकान कम भई पढ्न सहज हुने अपेक्षा गरिएको छ ।
साधनालाई झन् पाठक–मैत्री बनाउने उद्देश्यले प्रयोग गरिएको ठूला फन्टका कारण पृष्ठसंख्या वृद्धि हुने भए पनि पाठकहरुको सुविधाका लागि साधनाको मूल्यमा भने परिवर्तन गरिएको छैन । हरेक महिनाको १५ गते प्रकाशन गरिने यस साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनले तपाईं र तपाईंको परिवारलाई स्वस्थ रहन मद्दत गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।