साना व्यवसायीलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह

प्रकासित मिति: ४ पुष २०७४, मंगलवार १४:४५

काठमाडौं । सरकार र ठूला व्यवसायीहरुले साना व्यवसायीहरुलाई सम्मानजनक ढंगले व्यवहार गर्न नसकेको साना व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले पनि ठूला व्यवसायीलाई मात्रै हेर्ने र सानालाई वेवास्था गर्ने गरेको आरोप लगाएका छन् । ‘सरकारले बनाएको नीति, नियमअनुसार आफूहरु चले पनि सरकारबाट पाउनुपर्ने सुविधा पाएको छैनौं’ खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष मनोज श्रेष्ठले भने, ‘व्यवसायिक सुरक्षा नहुँदा साना व्यवसायीहरु पलायन हुने अवस्था आएको छ, यसलाई रोक्नु सरकारको दायीत्व हो ।’ ‘कर्मचारीको पेन्सन हुन्छ तर दिनरात दुःख गरेर सरकारलाई कर तिर्ने हामी व्यवसायी भने सधैं अन्यौलमा छौं, कमसेकम पनि सरकारबाट सम्मान हुनुपर्ने हो, त्यो पाइएन’ उनी भन्छन्, ‘साना व्यवसायलाई टिकाउन सकियो भने मात्र नेपाली युवाहरु पलायन हुनबाट रोक्न सकिन्छ, त्यसका लागि सरकारले नै पहल गर्नुपर्छ ।’ अहिले व्यवसायीहरुको सुरक्षा र व्यापार व्यवसाय प्रवद्र्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघ क्रियाशील छ । तर, त्यसले साना व्यवसायलाई समेट्न नसकेपछि साना व्यवसायीहरुले महासंघ बनाएका छन् । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, भक्तपुर रेडिमेट व्यापार संघ लगायतका १८ वटा संस्था मिलेर केही समय अघि मात्रै नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको छ । महासंघ गठन भएपछि ढुवानीमा गरिएको सिण्डिकेट अन्त्य हुनुपर्ने, तत्काल घरवहाल नीति ल्याइनुपर्ने, व्यवसायी र राज्यबीच समन्वयकारी व्यवहार हुनुपर्ने, धुँवाधुलो र फोहोरमुक्त वातावरण कायम गर्नुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, लगानीमैत्री वातावरण बनाइनुपर्ने, व्यवसायीलाई सरल रुपमा ऋण प्रवाह गरिनुपर्ने लगायतका माग पनि अघि सारेको छ ।

Bhansar Bivag
Argakhachi Cement