साहित्यकार कमलमणि दीक्षितको निधन

प्रकासित मिति: १४ पुष २०७३, बिहीबार ०२:५७

काठमाडौं, १४ पुस– साहित्यकार कमलमणि आचार्य दीक्षितको ८७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ ।
केहि महिनायता स्वास्वप्रस्वाससम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० भन्दा बढी कृति प्रकाशित छन् । यस्तै उनी विभिन्न अखबारहरुमा समेत नियमित लेख्ने गर्थे ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
दीक्षितको जन्म वि.सं १९८६ भदौ २ गते कुशे औँसीका दिन काठमाडौंको गैरीधारामा बाबु केदारमणि र विद्यादेवी दीक्षितको कोखबाट जन्म भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement