साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

प्रकासित मिति: २० भाद्र २०७३, सोमबार १५:३१

काठमाडौं मञ्चमा राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री धनीराम पौडेल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललगायत आधा दर्जन व्यक्ति थिए । सबैको आकर्षण भने साहित्यकार झमक घिमिरे बनिन् ।
विश्वविद्यालयको दीक्षान्त समारोहमा घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो । गत जेठ २५ मा बसेको विश्वविद्यालयको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेअनुसार सोमबार विषेश कार्यक्रमको आयोजना गरिएको थियो ।
14269557_933447710134253_1336680743_nघिमिरेको न आवाज आउँछ, न हात खुट्टा नै चल्छ । कार्यक्रममा उनको लिखित मन्तव्य सुनाइँदा सबै अतिथि एकोहोरो भएका थिए । उनको लिखित मन्तव्यमा ‘एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुंगा पढें, माटो पढें, सम्पूर्ण नेपालीको मन पढें, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु’ भनिएको थियो ।
हात, खुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकाल गुजारा गरेकी घिमिरेको निबन्धात्मक कृति ‘जीवन काँडा कि फूल’ कृतिले मदन पुरस्कारसमेत पाएको थियो । धनकुटा –३ कछिडेका २१ असार ०३७ मा जन्मिएकी घिमिरेले हालसम्म कुनै औपचारिक शिक्षा हासिल गरेकी छैनन् । तर, उनले नेपाली कला साहित्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै विश्वविद्यालयले घिमिरेलाई मानार्थ विद्यावारिधि दिने निर्णय गरेको थियो । घिमिरे साहित्य यात्रामा लागेको दुई दशक भएको छ । सो अवधिमा उले कविता, निबन्ध संग्र्रहलगायत १३ कृति प्रकाशन गरिसकेकी छन् ।
२०६७ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो विद्यावारिधि घिमिरेलाई दिइएको थियो । विश्वविद्यालयले गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विद्यावारिधि उपाधि र प्रमाणपत्र प्रदान गरेकी हुन् ।
राष्ट्रिय सभा गृहमा भएको सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई जन्मजात शारीरिक दुर्बलता भए पनि आशावादी चिन्तन लिएर कठोर परिश्रम गरी नेपाली साहित्यको साधनामा लागिरहने साहित्यकारको रूपमा हेरेको बताइन् । उनले भनिन्, ‘उहाँमा शारिरक दुर्बलता भए पनि नयाँ चिन्तन छ, यो हाम्रो सम्पत्ति हो’ उनले भनिन्, ‘यस्तो व्यक्तिले नै नेपालको नाम उच्च राख्ने हो र अहिले घिमिरेले त्यही पुष्टि गर्नुभएको छ ।’
राष्ट्रपति भण्डारीले घिमिरे सशक्त नारी स्रष्टा भएको बताइन् । उनले घिमिरे सबैको जीवनका लागि प्रेरणादायी व्यक्तित्व भएको पनि बताइन् । साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपालका विश्वविद्यालयले प्राविधिक, सीपमूलक, खोज तथा अनुसन्धानमूलक शिक्षा दिनुपर्नेमा जोड दिँदै उनले जल, जमिन र प्राकृतिक स्रोतको उचित प्रयोग गरी जीवनपयोगी शिक्षाको विकास गर्न आग्रह गरिन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेले जीवनको भोगाइ, अनुभूति र समाजको यथार्थलाई साहित्यका माध्यमबाट राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रमाणपत्र लिएर बजार भौतारिनुपर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । ‘साहित्य साधानाद्वारा समाजमा योगदान दिएका उदाहरणीय व्यक्तिलाई विश्वविद्यालयले विद्यावारिधि उपाधि दिएकोमा म खुसी छु’, दाहालले भने, ‘संघर्षको सम्मनस्वरूप सही मान्छेलाई चुनेकोमा विश्वविद्यालयलाई धन्यवाद दिन चाहन्छु ।’
सो कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले जन्मजात पक्षाघात, गरिबीका बीच पनि स्वाध्ययन गरेर ज्ञान आर्जन गरी नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याएले घिमिरेलाई मानार्थ विद्यावारिधि दिनु महत्वपूर्ण भएको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा घिमिरे अब्बल रहेको बताए ।

Bhansar Bivag
Argakhachi Cement