साहित्य, कला क्षेत्रका विभिन्न व्यक्तित्व सम्मानित

प्रकासित मिति: २७ बैशाख २०७३, सोमबार १८:०५

लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका छ व्यक्तित्वलाई सम्मान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले रु एक लाख नगदसहितको ‘सरस्वती सम्मान’ बाट साहित्यकार मदनमणि दीक्षितलाई सम्मान गर्नुभयो ।

यसैगरी ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ द्वारा डा जगमान गुरुङलाई सम्मान गरियो । यस्तै ‘नारायणगोपाल सङ्गीत सम्मान’ बाट शान्ति ठटाल, ‘अरनिको ललितकला सम्मान’ द्वारा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्सायन’, ‘बालकृष्ण सम रङ्गमञ्च सम्मान’ बाट प्रचण्ड मल्ल र ‘नेपाल नवप्रतिभा सम्मान’ बाट योग गुरुमा डा बबिता पौडेललाई सम्मानित गरियो । उहाँहरुलाई सम्मानसहित जनही रु ५१÷५१ हजार प्रदान गरियो ।

राष्ट्रकवि घिमिरेले साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न सकेमा यसले नयाँ पुस्तालाई इतिहासको महत्व बुझाउन सक्ने बताउनुभयो । उहाँले साहित्य तथा कलामा समाज तथा राष्ट्रलाई एकजुट बनाउन सक्ने क्षमता भएको बताउँदै मुलुक कमजोर भइरहेका बेला कला र साहित्य अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष वसन्त चौधरीले २२ वर्षअघि स्थापित सो संस्थाले नेपाली कला, साहित्य, सङ्गीत, नाट्यलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका सर्जकलाई प्रोत्साहनस्वरुप प्रत्येक वर्ष सो सम्मान गर्दै आएको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement