भक्तपुर÷सिबर्ड इन्टरनेशनल उच्च मा. वि.÷कलेज ठिमी भक्तपुरको १५ औं स्थापना दिवसको अवसर पारेर आयोजित तेस्रँे जिल्लाब्यापी प्रतियोगितात्मक अन्तर विद्यालयस्तरिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
जिल्लाका १६ वटा विद्यँलय सभागी सो प्रदर्शनीमा गणेश मा. वि प्रथम, सुप्रिम उच्च मा. वि. द्वितीय र ए. जे. सेकेण्डरी स्कूल तृतीय भएका थिए । पुरस्कृत विद्यालय प्रथमलाई ७ हजार नगद, पदक र शिल्ड, द्वितीयलाई ५ हजार नगद, पदक र शिल्ड तथा तृतीयलाई ३ हजार नगद, पदक र शिल्ड रहेको छ । पुरस्कृत स्कूललाई नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा. डा. जीवराज पोखरेलले नगद, पदक र शिल्ड प्रदान गर्नुभयो । समापन कार्यक्रममा प्रँ. डा. पोखरेलले नाष्टले नेपाली जनताको घर दैलोमा विज्ञान र प्रविधिलाई पु¥याउन प्रँेत्साहित गर्दै आएको बताउदै सिबर्डले भक्तपुर जिल्लामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । उहा“ले विज्ञान विषय सैद्धान्तिक पछि प्रयोगात्मक नै हुनुपर्ने चर्चा गर्दै प्रतियोगितात्मक प्रदर्शनीबाट विद्यँर्थीहरुको गुणस्तर कायम गर्न मद्दत पुग्ने छ भन्नुभयो ।
कार्यक्रममा त्रि. वि. विज्ञान संकायका पूर्व डिन तथा कलेजका सल्लाहकार प्रा. डा. डिल्लीदेवी शाक्यले विद्यँर्थीहरुले प्रदर्शनीमा राखिएको एक्सिपेरिमेन्ट उत्कृष्ट भएको बताउनुभयो । नाष्टका बैज्ञानि अधिकृत पवनकुमार न्यौपानेले विद्यँर्थीहरुलाई विज्ञान पढाउने तर अवैज्ञानिक र अन्धविश्वासका कार्यहरु अझै विद्यामान रहेको चर्चा गर्दै आजको प्रदर्शनीले विज्ञानलाई स्थापित गर्न सहयोग पुग्ने छ भन्नुभयो । निर्णायमण्डलको तर्फबाट डा. बबिता पौडेलले सबै प्रदर्शनीमा टिम लिडरहरुको प्रस्तुति हेर्दा विद्यँर्थीहरु विज्ञानमा अब्बल रहेको महसूस भएको बताउनुभयो ।
उच्च माध्यमिक विद्यँलय संघ –हिसान) का अध्यक्ष एवं कलेजका निवर्तमान अध्यक्ष शिवकृष्ण श्रेष्ठले विद्यँर्थीहरुले भौतिक, जीव, रसायन विज्ञानका सम्पूर्ण प्रदर्शनी तथा प्रविधिको समेत पछ्याएको चर्चा गर्नुभयो ।
कलेजका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले कलेजले विद्यँर्थीहरुको क्षमता अभिबृद्धि गर्न विज्ञान प्रदर्शनीको आयोजना गरेको चर्चा गर्नुभयो । कलेज संचालक समितिका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ फोटोग्रँफर तथा क्यामेरा विशेषज्ञ मदनबाबु बज्रँचार्यलाई सम्मान गरिएको थियो ।
यस अघि प्रदर्शनीको उद्घाटन गर्नुहुदै नेपाल सरकार प्रधानमन्त्री कार्यालयका पूर्व सचिव एवं कलेजका सल्लाहकार राजुमान सिं मल्लले कलेजले विद्यँर्थीहरुलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको चर्चा गर्दै सिबर्ड कलेजले विद्यँर्थीको गुणस्तरिय कायम गर्न उत्कृष्ट कार्य गरेको बताउनुभयो । कलेज संचालक समितिका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न प्रदर्शनीमा १५ वटा विद्यँलयको २० वटा एक्सपेरिमेन्ट राखिएको थियो । साथै कलेजका कक्ष्ाँ ११ र १२ विद्यँर्थीहरुको आन्तरिक प्रतियोगितामा १४ वटा समूहले आ–आफ्नो प्रदर्शनी गरेको थिए । प्रदर्शनीमा विश्व कै सानो मानिएको क्यामेरा र जुद्ध शम्सेरले बेलायतबाट ल्याएको ३० किलोको क्यामेरालाई क्यामेरा विशेषज्ञ मदनबाबु बज्रँचार्यले प्रदर्शनी गरेको थिए भने दुई दिने सो प्रदर्शनीमा विभिन्न विद्यालयका करिब ६ हजार ५ सय विद्यार्थीहरुले अवलोकन गरेका थिए ।