ललितपुर पौष २ गते । ललितपुर जिल्लाको ठैबमा सञ्चालित सुनश्री डेभलपमेन्ट सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि.को सातौं साधारण सभा सम्पन्न भएको छ । सचिव नरहरी खड्काद्वारा सञ्चालित समारोहमा डिभिजन सहकारी ललितपुरका बरिष्ठ अधिकृत बलराम निरौलाले सहकारी सदस्यहरुले मालिकको भूमिका निर्वाह गर्नु पर्ने बताउँदै सहकारीहरुले सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने कुरामा जोड दिनु भयो । बरिष्ठ समाजसेवी शिवबहादुर खड्का,भु.पु.जि.शि.अ.कृष्ण के.सी.,राजनीतिकर्मी दिपेँन्द्र श्रेष्ठ,पत्रकारहरु डी.पी.शाह चक्रवर्ती,सुब्रत मनु,लगायतको सहभागिता रहेको साधारण सभामा सुनश्रीका उपाध्यक्ष बिनोद खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भए पछि कोषाध्यक्ष कृष्ण जि.सी.ले बार्षिक आय व्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष सुरेश कुमार खड्काले बार्षिक प्रगती विवरण प्रस्तुत गर्दै यस सहकारीले सँस्थाको जारी शेयर पुँजी एक करोड पच्चिस लाखबाट शुरु भएकोमा चालु आ.ब. ०७३,०७४ सम्म कूल निक्षेप बृद्धि गरि ६ करोड पु¥याउने लक्ष्य रहेको कुरा बताउनु भयो । यसै गरि सातौं साधारण सभाले भुपेन्द्र श्रेष्ठलाई अडिटर नियुक्त गर्नुका साथै सुरेश आचार्यको अध्यक्षतामा निर्वाचित सात सदस्सीय सञ्चालक समितिको उपाध्यक्षमा दयाराम अधिकारी,सचिवमा नरहरी खड्का,कोषाध्यक्षमा कृष्ण जि.सी. र सदस्यहरु तर्फ साधुराम खड्का,नारायण गिरी र राजेन्द्र कुमार के.सी. रहनु भएको छ भने ई.बिनोद खड्काकने सँयोजकत्वमा निर्वाचित ३सदस्सीय लेखा समितिको सदस्यहरु तर्फ रबिन खड्का र विभु थापा सिलवाल रहनु भएको छ ।
ःऋषिमाया पोख्रेल प्रतिक्षाबाट