http://atozkhabar.com/2016/05/12/सुरक्षित-कार्यस्थलको-नार/अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा आज राजधानीमा बृहद् ¥याली एवम् प्रभातफेरिको आयोजना गरियो ।
सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको ¥याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हँुदै टँुडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ ।
‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हँुदै आएका छन् ।
नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको सङ्ख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रुपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ ।
निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्यअनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयम् सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न नसकेको गुनासो रहँदै आएको छ । नेपालको जनसङ्ख्या एक करोड भएको अवस्थामा सृजना गरिएको दरबन्दी अझै विस्तार हुन नसकेकाले नर्स विदेसिन बाध्य रहेको नेपाल नर्सिङ सङ्घका पूर्वअध्यक्ष सरला केसी बताउनुहुन्छ ।
नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा लिइन्छ । स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिन्छ । ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।