कार्तिक ५ काठमाण्डौं नेपाल परिवार दलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा सुर्य चुनाब चिन्हमा मतदान गर्ने आफना सम्र्पुण नेता कार्यक्रर्ता लगायत सबैमा आग्रह गरेको छ ।नेपालको वर्तमान आबस्यकता मुलुकमा स्थायित्व, शान्ति, सामाजिक सदभाब र आर्थिक संमृद्धि हासिल रहको भन्द परिवार दलका अध्यक्ष एकनाथ ढकाल द्धारा जारी अपिलमा भनिएको छ राष्ट्रवादी र विकास मैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने नेपाल परिवार दलको नीति अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७४ मा हाम्रो पार्टीले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर नेकपा एमाले संग चुनाबी गठबन्धन गरेको बताएको छ ।
आसन्न निर्बाचनमा नेपाल परिवार दलको पनि चुनाब चिन्ह सुर्य नै हुने सहमति भएकोले समानुपातिक तर्फ सुर्य चुनाब चिन्हमा र प्रत्यक्ष तर्फ हामि संलग्न प्रगतिशील गठबन्धनका उम्मेदवारहरुलाई मत माग्न तथा मतदान गर्नु हुन नेपाल परिवार दलका सम्पूर्ण नेता, कार्यकर्ता, सुभेच्छुक तथा आम नागरिकमा अपिल गरेको छ ।