श्री सशस्त्र प्रहरी बल¸नेपाल यू।एन शान्तिस्थापना तालिम केन्द्रमा संचालित सि।सं। ३८४ से।मु।हतियार तालिम समापन भएको छ । सशस्त्र प्रहरी बल¸नेपाल सीमा सुरक्षा तालिम महाविद्यालय बर्दघाटको तत्ववधानमा संचालित ८ हप्ता अवधीको तालिम यस तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यको प्रमुख आतिथ्यमा अन्तिम प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त तालिममा सशस्त्र प्रहरी बलमा भएका विभिन्न हतियारहरु सम्बन्धी¸शारिरीक तालिम¸ फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ फिल्ड ईन्जिनियरिङ्ग तथा बन्दोबस्ती विषयमा प्रशिक्षण गराईएको थियो । उक्त तालिममा ४५ जना प्रशिक्षार्थीहरुले तालिम सफलताका साथ सम्पन्न गरेका छन् । तालिममा सशस्त्र प्रहरी सहायक हवल्दार पुन्टुराम चौधरी सर्वप्रथम हुनु भयो र चाँदमारी तर्फ सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण बहादुर खत्री प्रथम हुनु भएको थियो । तालिममा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यले पुरस्कार तथा प्रमाण(पत्र वितरण गर्नुका साथै तालिमको महत्व¸ उपदायिता¸पेशागत ज्ञान अभिबृद्धी¸कार्यक्षेत्रमा सफलताको कामना गर्दै संगठनले स्थापना काल देखि नै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा समेत अब्बल राष्ट्र सेवकको रुपमा परिचित गराउन संगठनले समय सापेक्ष यस्ता किसिमका तालिमहरु संचालन गराउदै आएको जानकारी समत गराउनु भयो । तालिम सफलता पुर्वक संचालन गर्ने प्रशिक्षक बर्गलाई धन्यावाद तथा प्रशिक्षार्थीहरुलाई सफलताका साथ तालिम समापन गरेकोमा बधाई समेत दिनुभयो । साथै भविष्यमा आईपर्ने कठिन परिस्थितीलाई तालिमले सरल समाधान गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।