स्थानिय निकायको बिकास साझेदार र समन्वय गर्न हैटौडामा जनप्रनिनिधिहरुको भेला (घोषणा पत्र सहित)

प्रकासित मिति: २० आश्विन २०७५, शनिबार ०४:१०

हेटौडा । ३ नं. प्रदेशका स्थानिय निकायहरुका प्रमुख तथा उपप्रमुखहरुको भेलाले शान्तिका लागि मेयरहरूको अन्तर्रा्ष्ट्रिय सङ्गठन स्थापनार्थ गर्ने घोषणा गदै सकिएको छ ।

हेटौडामा शुक्रबार भएको सम्मेलनको उद्धाटन प्रदेश नं ३ का सभामुख सानु कुमार श्रेष्ठले गरे । उद्घाटन पश्चात बोल्दै शान्तिको अभियान आजको आबश्यकता भएको भन्दै यस्को शुरुवात युपीएफ नेपालले गरेकोमा खुशी ब्यक्त गरे ।
भरतपुर महानगर पालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले स्थानीय निकायमा कानुन र बिकास एक अर्काका परिपुरक हुन भन्ने कुरामा हामी अन्यौलमा परेका बताईन् ।
राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा बोलेका थिए । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे ।
जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्रा्ष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए । ।
पूर्व सांसद प्रल्लाद लामिछानेको ेि सभापतित्वमा भएको कार्यक्रमा युनिर्भसल पीस फेडेरेसन नेपालका महासचिव बिनोद डाँगी पूर्व सांसद मिल कुमारी राजंबशी लगायतले बोलेका थिए ।
सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरू अन्तर्रा्ष्ट्रिय संगठन स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरे ।
घोषणा पत्र को पूर्ण बिबरण

जनप्रतिनिधिहरूराज्य संयन्त्रको सबैभन्दा महत्त्वपूर्ण घटक र जनआकांक्षामा केन्द्रितर लोकतन्त्रको मूल मर्म हुन् ।नाम फरक भएतापनि साझा लक्ष्य अवलम्बन गर्दै जनप्रतिनिधिहरूले आफ्ना राष्ट्र र जनताको भविष्यलाई समुन्नत बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्दछन् भनीपहिचान गर्ने ।

जननिर्वा्चित पदाधिकारीहरूले जनतालाई प्रतिनिधित्व गर्दछन् ।उहाँहरूलाई जनताले महान जिम्मेवारीका लागि भरोषा गरेका छन् । यदि विश्वकाजननिर्वा्चित प्रतिनिधिहरू शान्तिका खातिर सद्भाव र आपसी मेलमिलाका साथ एक हुन सकेको खण्डमा हामीले खुशी, एकता र दीगो शान्तिको संसार निर्माण गर्दै हाम्रो संसारको वर्तमान हकिवकतमा परिवर्तन ल्याउन सक्छौंभन्ने कुरालाई पुनः पुष्टि गर्ने।

लोकतान्त्रिक रूपमा निर्वा्चित प्रतिनिधिहरूद्वारा नै सार्वजनिक(हीतको विकास हुन्छ ।प्रतिनिधि मूलकलोकतान्त्रिक विधिसंसारकै सर्वोच्च परम्परा हो,जुन धेरै शताब्दी अगाडि शुरु भएको हो।हाल यो सरकार संचालनको सबैभन्दा बढी अभ्यास गरिएको व्यवस्था पनि होभन्ने स्वीकार गर्ने।

सु(शासन केवलराजनीतिक प्रणालीका नीति, नियम र कानूनहरूले मात्रसुरक्षित गर्न सक्तैन। यसका लागि शक्ति र पदमा आसीन व्यक्तिहरूले सच्चरित्रताको अभ्यास, अन्तश्चेतनाबाट र सर्वव्यापक नैतिक सिद्धान्तहरूद्वारा निर्दे्शित र नियन्त्रित हुनु नितान्त आवश्यक छ । सु(शासन पनि राम्रो शिक्षा पाएका र नैतिक रुपमा उत्तरदायि नागरिकहरूमाथि निर्भर रहन्छ भन्ने कुरालाई हृदयदेखि चिन्तन गर्ने ।

हिंसा र द्वन्द्वको अभाव मात्र शान्ति होइन । मेलमिलापपूर्ण, सन्तुलित र पारस्परिक आदरभावपूर्ण सम्बन्धको प्रतिफल हो र यस किसिमका समबन्धहरू निस्वार्थपूर्वक अरुका खातिर बाँच्ने जीवनको अभ्यासबाट मात्र हासिल गर्न सकिन्छ भन्ने बुझाईलाई शिरोपर गर्ने।

यूनिभर्सल पीस फेडेरेसन, यससँग सम्बन्धित शान्ति दूतको विश्वव्यापी संजाल र विश्वव्यापी रुपमा स्थानीय तहमा दशकौदेखि संचालित शान्तिका क्रियाकलापहरूलाई सहगोग र समर्थन गर्ने।

जनप्रतिनिधिहरूको अद्वितीय मूल्यलाई सम्मान गर्दै हामी मेयर्सहरूको नेतृत्व सम्मेलन २०१८ नेपालका सहभागीहरू शान्तिका लागि मेयरहरूको अन्तर्रा्ष्ट्रिय मञ्चको विधिवत स्थापनाका लागि नेतृत्व गर्न यूनिभर्सल पीस फेडेरेसनसँग प्रश्ताव गर्दछौं ।

Bhansar Bivag
Argakhachi Cement