स्थानीय निकायको पुनःसंरचना व्यवहारिक हुनुपर्ने ः नेताहरु

प्रकासित मिति: १७ भाद्र २०७३, शुक्रबार १२:२८

काठमाडौँ, १७ भदौ । विभिन्न राजनीति दलका नेताले सेवा प्रभावलाई सरल बनाउने गरी स्थानीय निकायको पुनःसंरचना गरिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले जनतालाई सहज हुने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले ल्याएको ५६५ पुनःसंरचानाको खाका व्यवहारिक भएन ।”

उहाँले सेवा लिन दुई÷तीन दिनको बाटो हिँडेर जान नपर्ने अवस्था बनाउन स्थानीय तह पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । खड्काले ९२७ इलाकालाई आधार मानेर पुनःसंरचना गर्दा उपयुक्त हुने सुझाव दिनुभयो ।

नेकपा (एमाले)का नेता किरण गुरुङले एमाले संविधान कार्यान्वयनको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनका लागि सरकारले आफ्नो ठोस प्रस्ताव ल्याउनुपर्छ ।”

नेता गुरुङले राज्यको अधिकार स्थानीय तहलाई दिएकाले अधिकार अनुसारको स्थानीय निकाय निर्धारण गर्नुपर्छ । उहाँले आयोगले ल्याएको ५६५ को सङ्ख्यालाई नेकपा (एमाले)ले समर्थन गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका राजनीति सल्लाहकार चक्रपाणि खनालले जिल्लाबाट आउने सुझाव लिएर पुनःसंरचना गरिनुपर्ने बताउनुभयो । उहाँले जिल्लाबाट आएका सुझावलाई आयोगले समेटेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो ।

खनालले मधेसको समस्या समाधान गर्नका लागि संविधान संशोधन गर्न परेपनि गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय निकायको पुनःसंरचनामाथि राजनीति दलबीच झगडा आए संविधान सङ्कटमा आउने स्पष्ट पार्नुभयो ।

आयोगले हिमाली क्षेत्रमा १५ हजार, पहाड र भित्री मधेसमा २५ हजार र तराई र उपत्यकामा ५० हजार जनसङ्ख्याका आधारमा पुनःसंरचना गर्नुपर्ने सुझाव दिएको छ ।

Bhansar Bivag
Argakhachi Cement