– अरुणबहादुर खत्री “नदी”
कवि महेशप्रसाद एउटा कवितासङ्ग्रहको विमोचनको निमन्त्रणा पाएर गए । कार्यक्रम हुने स्थानमा पुगेपछि उसलाई एकजना वरिष्ठ साहित्यकारले बोलाए । उसलाई बोलाएको वरिष्ठ साहित्यकारसंग अगाडिको मेचमा बसेको कवि नरेशले पछाडि फर्कदै हात मिलाए । संगै बसेको अर्को साहित्यकारसंग पनि नरेशले हात मिलाए । महेशप्रसादले पनि अब मसंग हात मिलाउला भन्ठानेर आफ्नो हात दिदा नरेशले उसंग हात मिलाएनन्् ।
उनीहरुसंग चाहि हात मिलाउने मसंग चाहि हात नमिलाउने यस्ता साहित्यकार पनि जन्मिदा रहेछन् कवि महेशप्रसादले दुःख मान्दै मनमनै भने । केही वर्ष बितेपछि हात मिलाउन नमान्ने कवि नरेश र कवि महेशप्रसादको उपत्यका बन्दको दिनमा हिँड्दै गर्दा रत्नपार्कमा भेट हुन पुग्यो महेशप्रसादले देखेर पनि नदेखेझैं गरे तर नरेशले महेशप्रसादलाई कोट्याउदै हात मिलाउन ल्याए ।
केही वर्ष अगाडि मसँग कवितासङ्ग्रहको विमोचनमा हात मिलाउन गाह्रो मान्ने कविले अहिले किन मसंग हात मिलाउन खोजे होलान् महेशप्रसादले छक्क मान्दै सोच बिचार गरे । अहिले कहाँ काम गर्नुहुन्छ नि भनी प्रश्न ग¥यो महेशप्रसादले । “मेरो जागिर त पाँच महिना अगाडि नै सकिएर अहिले म जागिरवाट अवकाश पाएर घर बसेको छु” कवि नरेशले भन्यो ।